Friday, June 18, 2021
Home > समाचार > भर्खरै जम्मु कश्मिरबाट फेरी आयो अर्को सबैलाई रुवाउने खबर – पुरा हेर्नुहोस

भर्खरै जम्मु कश्मिरबाट फेरी आयो अर्को सबैलाई रुवाउने खबर – पुरा हेर्नुहोस

काठमाडौँ — भारत प्रशासित काश्मिरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।

जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार फेरि आतंककारी आक्रमण भएको छ । सो भारतीय सेनाको मेजरकै मृत्यु भएको छ। रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दलेका अनुसार राजौरीको नौशेरा सेक्टर भएको घटनामा सेनाका मेजर चित्रेश सिंहको मृत्यु भएको हो ।

दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए। त्यतिबेला उनले भर्खरै खनेको माटो देखे। उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो। त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो। उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन्। उनको उपचार भैरहेको छ। ’

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!