Tuesday, January 18, 2022
Home > प्रवास > मलेसियाबाट आयो सारा नेपालीहरूकाे मन रूवाउने खबरः सडक दुर्घटनामा परि मोरङ्गकी अन्जुको मृत्यु…

मलेसियाबाट आयो सारा नेपालीहरूकाे मन रूवाउने खबरः सडक दुर्घटनामा परि मोरङ्गकी अन्जुको मृत्यु…

सुजन बिश्वकर्मा – क्वालालम्पुर , मलेसिया – फागुन ४ शनिवार वैदेशिक रोजगारको सिलसिलामा मलेसियालाई कर्म थलो बनाएर मलेसियाको जोहर बारु स्थित रोमाटेक्स कम्पनीमा कार्यरत मोरङ्ग जिल्लाकि अन्जु कुमारी रिशिदको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

कम्पनीको दैनिकी काम पश्चात् शुक्रबार साझ कोठामा जानको लागि सडक तर्फ निस्किएकी अन्जुलाई बिपरित दिशा तर्फबाट आउदै गरेको कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

रोजगारदाता कम्पनिले मृतकको शवलाई पोस्टमार्टमको लागि हस्पिटल पठाएको छ भने छिट्टै क्वालालम्पुर स्थित नेपाली दूतावाससँग सहकार्य गरि आवश्यक प्रक्रिया पूरा गरेर शवलाई नेपाल पठाउने तयारी गरिरहेको सोही कम्पनीमा कार्यरत नेपालको देबले (सामाजिक सञ्जालको नाम) जानकारी दिएका छन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!