Tuesday, January 18, 2022
Home > भिडियो > रंगेहात समातिएको ४ हजारलाई घुस नै मानेनन् नापी प्रमुखले – सिधा कुरा जनतासँगकाे भिडियोमै हेर्नुस्

रंगेहात समातिएको ४ हजारलाई घुस नै मानेनन् नापी प्रमुखले – सिधा कुरा जनतासँगकाे भिडियोमै हेर्नुस्

न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३४० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै केही विद्यार्थीहरुलाई नक्कली भिषा भन्दै विमानस्थल इमिग्रेशनका कर्मचारीले दुख दिएको थियो, यसै विषयमा त्रिभुवन विमानस्थलका अध्यागमन विभागका प्रमुख कुमार खड्कासँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

नक्कली भिसा भन्दै विमानस्थल इमिग्रेशनका कर्मचारीले दुख दिएपछिः काठमाडौं । स्टुडेन्ट भिषामा साइप्रस जान लागेको केही विद्यार्थीहरुलाई भिषा नक्कली भएको भन्दै बिमनस्थल इमिग्रेसनले रोकेको भनि लाइभ कार्यक्रममा विद्यार्थीहरुले भिडियो कल गरी गुनासो राखे । उनीहरुले केही अघि त्यही भिषाबाट आफ्ना साथिहरु इमिग्रेसन पास गरेको तर आफूहरुलाई भने अनावश्यक रोकेको भन्दै आफ्नो भिषाबारे छानबिन गरिदिन आग्रह गरे ।

झापाको नापी कार्यालयका कर्मचारीले घुस मागेपछिः झापा । नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीका कर्मचारी घुस रकमसहित रंगेहात फेला परेका छन् । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग निशुल्क गर्नुपर्ने काम लाई गर्न नमिल्ने काम भन्दै चार हजार रुपैयाँ घुस रकम मागेका थिए । झापा बिर्तामोड—४ का रञ्जितमान राईले बिर्तामोड—९ स्थित कित्ता नम्बर १५२६ र १४६८ को सिमाना जोडिएको जग्गा खरिद गरेका थिए ।

सरकारी कार्यालयहरुमै एउटै नम्बरका दुई गाडीः पोखरा । पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् । पोखरा महानगरपालिकासँग रहेको फोहोर संकलन गर्ने यो गाडीको नम्बर ग १ ग १२३ छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा यो गाडी २०६१ सालमा असोज २६ गते दर्ता भएका देखीन्छ । यो गाडीको बिल बुक पनि एउटै छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!