Wednesday, June 16, 2021
Home > समाज > भर्खरै दाङबाट आयो जन्ती बस दुर्घटनाकाे यस्तो दुःखद खबर

भर्खरै दाङबाट आयो जन्ती बस दुर्घटनाकाे यस्तो दुःखद खबर

दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४२ जना घाइते भएका छन्। दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो।

शुक्रवार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा परी ४२ जना यात्रु र जन्ती घाइते भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षकका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा घाइतेलाई ल्याइएको छ।

इप्रकाको सञ्चार शाखाका अनुसार हालसम्म २५ जना घाइतेको नाम आएको र त्यसमध्ये ९ जना गम्भीर घाइते छन्। अहिले घाइतेको उद्धार र अस्पताल ल्याउने काम चलिरहेको हुँदा थप विवरण केही बेरमा उपलब्ध गराउने प्रहरीले बताएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!