Friday, June 18, 2021
Home > प्रवास > मलेसियामा कालेहरुले तनाव दिन्छन, काम र पैसापनि भने जस्तो छैन – यो देशमा त नखुलेकै राम्रो!

मलेसियामा कालेहरुले तनाव दिन्छन, काम र पैसापनि भने जस्तो छैन – यो देशमा त नखुलेकै राम्रो!

मलेसियामा स्थानीय काले जातिका व्यक्तिहरुक गुण्डागर्दी बाट वाक्क भएका नेपालीहरुले मलेसिया त नखुलेकै राम्रो हुन्थ्यो भन्न थालेका छन्। मलेसियामा अनायासै नेपाली दाजु भाइ हरुले दुखा पाइरहेकोले यस देशमा कुनैपनि हालतमा कामदार नपठाउन उनीहरुको माग रहदै आएको छ। मलेसियाका मानव संशाधन राज्यमन्त्री महफुज ओमरले मलेसियामा विदेशी कामदार कुन तरिकाबाट भित्रियाउने भन्ने यकिन भइनसकेको भन्दै यसका लागि अझै दुई महिना लाग्ने बताए ।

यस्तो बताएपछि त्यसका बारेमा मलेसियामा नै कार्यरत र मलेसियाको रोजगारीबाट फर्केका नेपालीले भनें अव मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्दै टिप्पणी गरेका छन् । मलेसियामा कार्यरत नेपालीहरुको भनाइ छ, जापानतिर वा अरु कुनै देश तिर जाँदा हुन्छ, नेपाली यो मलेसियामा नपठाउनु राम्रो । यसैगरी बोधराज अधिकारी मलेसिया जान जरुरी नरहेको भन्दै मलेसिया रोजगारीका लागि राम्रो मुलुक नभएको र त्यस्तो मुलुकमा नेपालीलाई रोजगारीमा पठाउन सधैंको लागि बन्द गर्नु उचित हुने धारणा राख्छन् ।

आविश्का मगरले मलेसिया नखुल्नु राम्रो भनेका छन् भनें रोवित ठकुरीले मलेसिया बन्द गर्दा हुन्छ भन्दै त्यहाँ चोर, फटाहा र केहि अपराधी मनोवृत्तिका तमिल मूलका व्यक्तिबाट बच्न गाह्रो रहेको टिप्पणी गरेका छन् । गुराँस लामा पनि मलेसियाको रोजगारी अव सधैंका लागि बन्द हुनुपर्ने धारणा राख्छन् । मलेसियामा नै कार्यरत समिर रिमाल मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्छन् भनें अशोक चन्द्र ठकुरी पनि मलेसियाबाट यस्तो मुलुकमा कोहि नेपाली नआउनु भन्ने धारणा राख्दछन् ।

किन यति धेरै नेपाली मलेसियाको रोजगारीलाई उपयुक्त ठान्दैनन् त ? मलेसियामा रोजगारी र पत्रकारिता समेत गरेर फर्केका मोरङका अर्जुन काफ्ले त्यहाँको असुरक्षालाई एउटा कारण मान्दछन् । नेपाली, बंगलादेशी, पाकिस्तानी लगायतलाईलाई त्यहाँका विशेषगरी अपराधी मनोवृत्तिका तमिल मुलका व्यक्तिले लुट्ने, कुट्ने र कतिपय अवस्थामा अंगभंग नै गरिदिने अवस्थाका कारण समस्या छ काफ्ले भन्छन् यस्तो घटना हुँदा पनि प्रहरीले समेत सहयोग गर्दैन । उनी कतिपय प्रहरीमा उजुरी गर्न पुगेमा प्रहरीको सहयोग पाउनुको सट्टा उल्टै त्यहि लुट्ने, कुट्ने व्यक्ति भोलीपल्ट पीडितलाई धम्क्याउन आइपुग्ने गरेको बताउँछन् । काफ्लेको अनुभवमा मलेसियामा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेका कारण उनीहरुमा एकप्रकारको त्रास पनि विद्यमान छ ।

यसैगरी कम्पनीले अतिरिक्त समय काम गराएर न्यूनतम तलव समेत नदिनु, होष्टलमा न्यूनतम सुविधा पनि नदिनु लगायतका कारण पनि मलेसियामा रोजगारीमा गएका नेपाली पुनः फर्किन नचाहने गरेका छन् । अन्य देशको तुलनामा बढी समयको श्रम सम्झौता अवधि हुनु(तीन बर्ष), चाइनीजले चलाएका कम्पनीमा अत्यधिक श्रम गर्नुपर्ने लगायत कारणले मलेसियाको रोजगारी धेरैजसो नेपालीको रोजाईमा पर्न छोडेको त्यहाँ कार्यरत भुक्तभोगीहरु बताउँछन् ।

यद्यपी बैदेशिक रोजगारप्रतिको अत्यधिक आकर्षण र बैकल्पिक मुलुक नहुँदा अहिले पनि वैधानिक हैसियतमा ४ लाखको छेउछाउ संँख्यामा नेपाली मलेसियामा रोजगारीमा छन् । पछिल्लो समयमा स्वदेशमा नै स्वरोजगारहरुको संख्यामा आएको बृद्धि र निर्माण लगायतका क्षेत्रमा रोजगारीका अवसर बढ्का कारण बैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा कमि भनें आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!