Tuesday, June 15, 2021
Home > अपराध > पिण्ड खाने बेलाका यी वृद्धले गरे १० वर्षीय बालिकालाइ बलात्कार

पिण्ड खाने बेलाका यी वृद्धले गरे १० वर्षीय बालिकालाइ बलात्कार

काठमाडौँ – अर्घाखाँचीमा १० वर्षीय बालिका बलात्कृत भएकी छिन् । जिल्लाको भुमिकास्थान नगरपालिका–१ ढाकावाङकी १० वर्षीया बालिकामाथि एक वृद्धले बलात्कार गरेका हुन् । १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका-२ सिउते घर भएका ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मा रहेका छन् ।

बालिकाले घरमा फरक व्यवहार देखाउन थालेपछि सोधपुछ गर्दा आफूमाथि बिश्वकर्माले ललाई फकाई पटकपटक बलात्कार गरेको उनले सुनाएकी हुन् ।त्यसपछी परिवारको उजूरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिए हो ।प्रहरी प्रमुख नायब उपरीक्षक नवराज मल्लका अनुसार बिश्वकर्माले चाउचाऊ र विस्कुट खान भन्दै पैसा दिएर पटकपटक बलात्कार गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!