Tuesday, June 15, 2021
Home > समाचार > कञ्चनपुरबाट आयो बिश्वास नलाग्ने खबर ( पूरा हेरि सक्दो शेयर गरौ )

कञ्चनपुरबाट आयो बिश्वास नलाग्ने खबर ( पूरा हेरि सक्दो शेयर गरौ )

काठमाडौँ, २ फागुन । गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा खोजिरहेको प्रहरीले १८ किलो सुन बरामद गरेको छ ।

निर्मला हत्या घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला प्रकरणमा कुनै प्रगति गर्न नसकेपनि लुकाएर राखेको १८ किलो सुन भने बरादम गर्न सफल भएको छ ।

सीआईबीका एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर, कञ्चनपुरका एसपी कुबेर कडायत, कैलालीका एसपी आभुषण तिम्सिना लगायतको टोलीले एउटा घरभित्र गाडेर राखेको अवस्थामा सुन फेला पारेको हो ।

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो टोली त्यसतर्फ गएको थियो । कञ्चनपुर प्रहरीको कार्यक्षेत्र भएपनि सीआईबीको टोलीले सूचना पाएपछि स्थानीय प्रहरीसहित त्यहाँ पुगेको हो ।

शंकास्पद घरमा सुरुमा छापा हान्दा प्लाष्टिकको बोराभित्र जसमा सुनका १८ वटा गाडिएको अवस्था भेटिएको हो । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो । प्रहरीले सुन बरामद गर्नुका साथै एक जनालाई पक्राउ पनि गरेको छ । अर्का एक जना पनि संलग्न रहेकाले अनुसन्धान भइरहेको डीएसपी कुँवरले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुन भारतको नयाँ दिल्लीबाट ल्याइएको निष्कर्ष निक्लिएको छ । सामान्यताः नेपालबाट भारत लगायतका देशमा सुन तस्करी हुने गरेपनि भारतबाट कसरी सुन आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । सुन चोरीको हुनसक्ने आशंका गरिएको छ । एक भारतीय नागरिकले त्यो सुन कञ्चनपुरस्थित आफन्त कहाँ राखेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!