नेपालगञ्ज । नेपालगञ्जका चर्चित गुण्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वश्व सहित जन्मकैदको फैसला भएको छ ।२०७२ साल असार २८ गते अभियुक्त ढकालले नेपालगन्ज ८ का २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले सर्बस्व सहित जन्मकैदको सजाय सुनाएको हो ।
घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको छ । एक जनाले भने सफाइ पाएका छन् ।
जिल्ला न्यायाधीश बिष्णु सुवेदीको इजलासले मंगलबार रिगल भनिने योग ढकाललाई सर्बस्व सहित जन्मकैदको फैसला सुनाएको हो । मुद्दाको सुनवाई गत आइतबारदेखि सुरु भएको थियो ।