Thursday, May 6, 2021
Home > समाचार > भर्खरै आयो यस्तो खबर , न्युज २४ टेलिभिजनकै नाममा यस्तो गर्ने परे फन्दामा !!

भर्खरै आयो यस्तो खबर , न्युज २४ टेलिभिजनकै नाममा यस्तो गर्ने परे फन्दामा !!

काठमाडौं । सिधाकुरा जनतासँगमा म्यानपावरबाट ठगीनेहरुको समस्या देखाइरहेका हुन्छौ । हामीले मेनपावरको दादागिरी र ठगीबाट पीडितको सर्वसाधरण समस्या देखाइरहँदा हाम्रो नाममा उल्टै मेनपावरलाई थर्काएर जबरजस्ती पैसा असुल्ने व्यक्ति नै हाम्रो स्ट्रीङ अप्रेसनमा परेका छन् ।

केही साता अघि मात्रै सिनामंगलमा सुदिप राईले रेड सी मेनपावर सञ्चालनमा ल्याएका थिए । तर त्यसको केही दिनमानै न्युज २४ टेलीभिजनको वैदेशिक रोजगारी विभाग हेर्न बताउने सुवास कुवंर मेनपावरमा पुगेर र जबरजस्ती शुभकामना विज्ञापन माग्न थाले ।

 

मेनपावर सञ्चालकले पटक पटक आँफुलाई शुभकामना प्रशारण गर्नु नपर्ने भनिरहेका थिए । तर नयाँ बर्षको केही दिन पछि उनै सुवास कुंवरले फोन गरे र ३ सेकेण्डको विज्ञापनको २० हजार माग्न थाले । यदि नदिएमा श्रम स्वीकृती रोकिदिने मात्रै होइन मेनपावर नै बन्द गरिदिने समेत धम्की दिए । उनको यस्तो धम्कीपछि सुदिप राई सोमबार हाम्रो कार्यालयमै आए र आँफुलाई न्युज २४ को मान्छे भनेर धम्काइरहेको गुनासो गरे ।

तर हाम्रो कार्यालयमा सुवास कुंवर नाम गरेका काही नभएपछी हामीले सुवास कुवंरलाई फोन गर्न लगार्यौँ । उनले हाम्रो अघि पनि २० हजार भन्दा कम भए अफिसले नमान्ने भन्दै २० हजार नै दिनु पर्ने बताइरहेका थिए ।

उनी न्युज २४ टेलीभिजनमा व्यवसायीकरुपमा बाहिरी मिडिया एजेन्सीबाट सञ्चालित रोजगरी कार्यक्रमका मार्केटिङ गर्ने व्यक्ति रहेछन् । जो न्युज २४ टेलीभिजनसँग सरोकारनै राख्दैनन् ।

सदिपले २० हजार नै दिने सहमती गरेपछि उनि न्युज २४ टेलीभिजनको कार्यालय अघि आफ्नो मान्छे पठाउन तयार भए । सोही अनुसार हामी तयारी गर्यौँ । तर सुवास कुवरले रोजगार कार्यक्रम सञ्चालक कमल दुलाल लाई जानकारी गराए ।

हाम्रो कार्यालय अघिको एक रेष्टुरेण्टमा सदिपले पैसा दिन कुरेर बसेक थिए । तर हामीले न्युज २४ टेलिभिजनको कार्ड भएको व्यक्तिलाई मात्र पैसा दिने भनेपछि उनिहरुले न्युज २४ कै मार्केटिङ डिपामेन्टका व्यक्तिलाई आफ्नो व्यक्ति पैसा दिन आएको र आफु टाढा भएकाले त्यो पैसा लिईदिन आग्रह गरे । रोजगरी कार्यक्रमका सञ्चालक कमलले साथीको रुपमा पैसा बुझिदिन मात्रै भनेका रहेछन् ।

हामीले त्यसपछि कमल दुलाललाई हाम्रो कार्यालयमा बोलाई पैसा दियौ । त्यसपछि हामीले जबरजस्ती पैसा उठाउने रोजगार कार्यक्रमका बजार प्रतिनीधि सुवास कुवंरलाई पनि कार्यालयमा बोलायौ । र उनले आँफुबाट गल्ती भएको यसरी स्वकार गरे । र उनको पैसा पनि फिर्ता गरे ।

उनिहरुले जवरजस्ती विज्ञापनको नाममा पैसा अशुल्न खोजेको गल्ती स्वकार गर्दै आइन्दा यस्तो नगर्ने प्रतिवद्धता जनाए ।

यसरी कसैले न्युज २४ टेलिभिजन वा सिधाकुराको नाममा पैसा मागेमा तुरुन्त पानिपोखरी लाजिम्पाटमा रहेको हाम्रो केन्द्रिय कार्यालय सम्पर्क गर्नुहोला, वा १६६००११२४२४ हाम्रो टोल फ्रि नम्वरमा सम्पर्क गर्नुहोला ।

Leave a Reply