Friday, June 18, 2021
Home > अपराध > मध्यराति बानेश्वरमा असईले नै रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्साएपछि…

मध्यराति बानेश्वरमा असईले नै रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्साएपछि…

काठमाण्डौं, १ फागुन । बानेश्वरकोको एक रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याउने नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत असई कपिल शाहीलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति बानेश्वरस्थित डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेका थिए । रेस्टुरेन्ट सञ्चालकले सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।

शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई पनि नियन्त्रणमा लिएको थियो । शाहीलाई आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!