Tuesday, January 18, 2022
Home > समाचार > बलियो देशहरु भारत र इरान लाई पाखा लगाउदै नेपालि चेली फाइनलमा सक्दो शेयर गरौ

बलियो देशहरु भारत र इरान लाई पाखा लगाउदै नेपालि चेली फाइनलमा सक्दो शेयर गरौ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ ।नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी थिइन् । उक्त बल फुस्केपछि अनिता बस्नेतले पेनाल्टी क्षेत्रबाहिर टर्नमा भली प्रहार गर्दै उत्कृष्ट गोल गरेकी हुन् ।

पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफको ५९ औं मिनेटमा अग्रता दोब्बर पर्यो । सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० ले अगाडी बढाइन । खेलको अन्तिम मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालको जित पक्का भयो ।

यस जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ । इरानले समूहका तीनै खेलमा पराजय बेहोर्दै कुनै अंक जोड्न सकेन । इरान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

आजै हुने अर्को खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् । भारतले जित दर्ता गरेको खण्डमा भने गोलअन्तर अनुसार विभिन्न समीकरणहरु बन्नेछन् ।

खेलका तस्बिरहरु : (तस्बिर सौजन्य : एन्फा)

Leave a Reply

error: Please Dont Copy My Content!! !!