Friday, June 18, 2021
Home > समाचार > ५० हजार घुस सहित अधिकृत रंगेहात पक्राउ परेपछि !

५० हजार घुस सहित अधिकृत रंगेहात पक्राउ परेपछि !

–आकाश देबकोटा
बाँके, ११ बैशाख । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत कार्यकक्षबाटै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलिले फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैया घुस लिदालिदै रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा फार्मेसी अधिकृत भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिइएको अख्तियार कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिए । फार्मेसी अधिकृत भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरिक्षक कार्कीले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!