Friday, January 21, 2022
Home > समाचार > बैदेशिक रोजगारीमा दुवै खुट्टा गुमेपछि कृतिम खुट्टाको निम्ति सहयोगको अपिल – भिडियो सहित

बैदेशिक रोजगारीमा दुवै खुट्टा गुमेपछि कृतिम खुट्टाको निम्ति सहयोगको अपिल – भिडियो सहित

काठमाडौं। चार बर्ष अघि गोरखा तल्लो गोहोरेका ३० बर्षिय बुद्धि बहादुर ढकाल बैदेशिक रोजगारीको निम्ति मलेसिया पुगे। मलेसियामा पुगेपछि एउटा कार्टुन बनाउने कम्पनीमा काम गरेका बुद्धिको काम थालेको पाँच महिनामै मेसिनले एउटा खुट्टा खाइदियो। अर्को चाही काम नलाग्ने गरि फुट्यो।

कम्पनीमा दुर्घटना पछि उनको उपचार हुँदा हुँदै नेपाल फर्केर काठमाडौँमा बसेर उपचार गरे। उनको काम गर्ने कम्पनिले नै उपचार खर्च बेहोर्यो। फुटेको एउटा खुट्टा बच्ने आशाले एउटा खुट्टामा स्टिल राखेर जोगाएको खुट्टा अन्तत काम भयो र दुवै खुट्टा फाल्नु पर्यो।

काठमाडौँ फर्केर ३ बर्ष अस्पताल बसेर उपचार गर्दा पनि दुवै खुट्टा गुमाउनु परेका ३५ बर्षिय बुद्धि बहादुर यतिबेला काठमाडौँमा नेपाल हेल्थ इकोनोमी डेभ्लोमेन्ट फाउन्डेशन नामक संस्थाको शरणमा छन्।

उपचारकै शिलशिलामा उक्त संस्थामा रहेका उनको आर्थिक अवस्था कमजोर भएको र आगामी दिनमा केहि काम गरि खाने आशाका साथ बाँचिरहेका बुद्धिलाई कृतिम खुट्टा बनाउनको निम्ति गोरखा समाजका अध्यक्ष महेश गुरुङको पहलमा आर्थिक सङ्कलन कार्य शुरु भएको छ।

महेश गुरुङको पहलमा नेपाल आर्मी अस्पताल छाउनीले आधा रकम छुटमा उनको कृतिम खुट्टा निर्माण गरिदिने भएको छ। गुरुङका अनुसार अस्पताल उनको कृतिम खुट्टा निर्माणको निम्ति तीन महिना अस्पताल बस्नु पर्ने भएको छ। तर आर्थिक अभाव भएको कारण सहयोगको निम्ति हार गुहार गरिएको हो।

सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै गुरुङले आफ्नो पहलमा गोर्खाली समाज बहराइन लगाएत हङ्गकङ्ग र राजधानीमा रहेका सहयोगीहातहरुको सहयोगमा जम्मा भएको नगद उनासी हजार ७९,००० रुपैयाँ हस्तान्तरण गरे। यसैगरी बुद्धि बहादुरको कृतिम खुट्टा निर्माण र अस्पताल खर्च डेढ लाखको हाराहारीमा लाग्ने भएकोले अझै रकम अपुग भएकोले सहयोग गर्न चाहनेहरु जो कोहीलाई पनि सहयोगको निम्ति अपिल गरिएको छ।

आगामी बिहिबार देखि अस्पताल बस्नु पर्ने भएकोले यथाशिघ्र सहयोग गरिदिनहुन सहयोगी अगुवाई महेश गुरुङ र बिरामी बुद्धि बहादुर ढकालले कार्यक्रममा बताएका छन्। सहयोगको निम्ति बुद्धि बहादुरको मोबाइल नम्बर ९८०४१८२४६८ र अभियन्ता महेश गुरुङको ९८५१०३८०४० मा सिधा सम्पर्क गर्नहुनको लागि पनि आग्रह गरिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!