Thursday, June 17, 2021
Home > समाचार > दुखद खबर : चकलेट डे’ मनाएर डेटिङ गए प्रेमी जोडी, त्यही नै बन्यो अन्तिम डे – पुरा हेर्नुहोस तस्विर सहित

दुखद खबर : चकलेट डे’ मनाएर डेटिङ गए प्रेमी जोडी, त्यही नै बन्यो अन्तिम डे – पुरा हेर्नुहोस तस्विर सहित

‘चकलेट डे’ मनाएर साँझपख घरको छतमा भेट्न गएका प्रेमी प्रेमिकालाई थाहै थिएन कि छतमा उनीहरु दुवैको मृत्युले प्रतिक्षा गरिरहेको थियो । उनीहरु राती नै ११ किलोभोल्टको बिजुलीको करेन्टको चपेटामा परे र उनीहरुको घटनास्थलमै मृत्यु भयो । घटनाबारे त्यतिबेला मात्र थाहा भयो जब बिहान किशोरीका परिवारले किशोरीलाई घरमा भेटेनन् । किशोरीकी आमाले छोरीलाई खोज्दै घरको छतमा जाँदा छिमेकीको छतमा २ जनाको लाश देखिन् ।

एक लाश उनकी १५ वर्षकी छोरीको थियो । उनी दुई भाइकी एक्ली दिदी थिइन् । युवक १९ वर्षका सन्नी तीन बहिनीहरुको एक्ला दाजु थिए । युवकका परिवारले पहिले दुवैको हत्याको आशंका गरे । पछि प्रहरीले यो अचानक भएको दुर्घटना भएको बतायो । यी दुईबीच प्रेम सम्बन्ध भएको बताइएको छ । युवकले किशोरीलाई एक मोवाइल दिएको थियो । दुई महिनाअघि किशोरीलाई उनका पिताले मोवाइलमा कुरा गरिरहेको बेला भेटेका थिए । त्यतिबेला किशोरीले मोवाइल सन्नीले दिएको बताएकी थिइन् ।

हरियाणाको यमुनानगरका यी दुईको सम्बन्धबारे त्यतिबेला गाउँमा बैठक बसेको थियो र उनीहरुलाई एक अर्कासँग नभेट्ने शर्तमा छाडिएको थियो । तर, त्यसपछि पनि उनीहरु लुकिछिपी भेट्ने गरेको बताइउको छ । किशोरी ८ कक्षामा पढ्थिन् । युवक फर्निचरको काम सिकिरहेका थिए । उनीहरु स्कुल जाने र फर्कने समय कुरा गर्थे । किशोरी शनिबार राती आफ्नो कोठामा सुतेकी थिइन् । त्यही कोठामा उनका दुई भाइ पनि सुतेका थिए । बिहान उनको सानो भाइ उठेर दिदी कोठामा नभएको आमालाई बताएका थिए ।

सन्नीकी बहिनीका अनुसार उनको कोठामा चकलेट थियो । साँझ उनी बाहिरबाट आउँदा भने केही ल्याएका थिएनन् । यो चकलेट किशोरीले नै दिएको आशंका गरिएको छ । जुन घरको छतमा यो दुर्घटना भयो त्यो घरमाथिबाट ११ किलोभोल्टको लाइन जान्छ । दुवै लाइन छतबाट मात्र २ फिट उचाइमा छन् । घरमालिकले आफ्नो घरबाट छतमा जाने बाटोतर्फबाट छतमा भित्ता बनाएका छन् ताकि उनको परिवारका कोही तार भएतिर नजाउन् । तर, किशोरीको घरतिरबाट त्यहाँ जाने बाटोमा भित्तँे छैनन । ती दुईजना त्यही बाटोबाट छतमा गएको र अँध्यारोमा तार नदेखेको अनुमान गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!