Tuesday, June 15, 2021
Home > समाचार > जंगली बँदेलको पेटबाट निस्कियो यस्तो चीज, पलभरमै करोडपति बने गाउँले किसान

जंगली बँदेलको पेटबाट निस्कियो यस्तो चीज, पलभरमै करोडपति बने गाउँले किसान

एजेन्सी। एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो । यो विचित्रको चीजलाई उनले संभालेर राखे । एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो । चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।

विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!