Tuesday, January 18, 2022
Home > समाचार > बाइकमा लिफ्ट मागेकी युवतीले बीच बाटोमै हाम्फालिन्, के भयो बाटोमा ?

बाइकमा लिफ्ट मागेकी युवतीले बीच बाटोमै हाम्फालिन्, के भयो बाटोमा ?

कलेजको लागि बस पर्खिरहेकी युवतीलाई एक युवकले आफ्नो बाइकमा लिफ्ट दिए । तर, ती युवतीले बीच बाटोमै चलिरहेको मोटरसाइकलबाट हाम्फालिन् । अहिले ती युवतीलाई गम्भीर घाइते अस्पताल भर्ना गरिएको छ ।

आफूलाई प्रहरी बताएर लिफ्ट दिएका ती युवकले बीच बाटोमा सुनसान ठाउँ भेटेपछि युवतीमाथि अश्लील क्रियाकलाप गर्न थाले । डराएकी युवतीले बाइक रोक्न भन्दा युवकले नरोकेपछि उनले चलिरहेको बाइकबाट आम्फालेको बताइएको छ ।

भारतको इन्दौर झाबुवामा घटना भएको बताइएको छ । सधैंझैं कलेज जानको लागि बस पर्खिरहेकी ती युवतीलाई बाइकमा आएका एक युवकले आफू प्रहरी भएको बताउँदै कलेज छोडिदिने बताएका थिए । तर, अगाडि गएपछि ती युवकले उनलाई आफ्नो कोठामा गएर कपडा धोइदिन भनेको र त्यसवापत पैसा दिने बताएका थिए ।

यस्तो भनेपछि ती युवकले अश्लील क्रियाकलाप गर्न थाले । युवतीले आफूलाई कलेज जान ढिलो भएकोले बाइक रोक्न भन्दा ती युवकले सुनेको नसुन्यै गरी बाइकको स्पिड बढाए । गति बढेको देखेपछि युवती डराइन् र बाइकबाटै हाम्फालिन् । उनले हाम्फालेपछि युवक फरार भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!