Monday, June 14, 2021
Home > समाचार > म्याग्दीबाट आयो यस्तो दुःखद खबरः दुर्घटनामा गर्भवती महिला समेत १३ जना परेपछि

म्याग्दीबाट आयो यस्तो दुःखद खबरः दुर्घटनामा गर्भवती महिला समेत १३ जना परेपछि

म्याग्दी। म्याग्दीमा बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा गर्भवती महिला सहित जिपमा सवार १३ यात्रु घाइते भएका छन् । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, २ भतवतीतर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको बोलेरो जीप रगुगंगा९३ पिप्लेको बगैंचामुनी घुम्तीमा सडकबाट तल खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते रघुगंगा गाउपालिका–३ पिप्लेकी सरस्वती ९काली० दमिनी लाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा रिफर गरिएको छ।

उकालो र चिप्लो सडकमा गाडीले लोड थेग्न नसकेको वा ब्रेक फेल भएको अनुमान गरिएको छ । दुर्घटनामा परी घाइते हुनेमा जललजा गाउँपालिकाकी २२ वर्षीया सृजना जिसी र उनका १ वर्षीय छोरा आभान जिसी, बेनी नगरपालिका–८ की दुर्गा पौडेल, रघुगंगा–२ भतवतीका कर्णबहादुर कार्की, आरोसी घर्ती, डिलबहादुर सार्की, सम्झना भण्डारी, गोविन्द शर्मा, रघुगंगा–३ पिप्लेका राजकुमारी मल्ल, सजनी मल्ल, सरोज बस्याल र चालक गोपी परियार रहेका छन् ।

यो पनि हेर्नुस्ः तुलसीपुर उपमहानगरपालिकाले भित्री चत्रपथ निर्माण गर्दै
तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण शुरु गरेको छ । उपमहानगरपालिकाभित्र २२.५ किमी लामो चक्रपथ निर्माण थालेको हो ।नगरप्रमुख घनश्याम पाण्डेका अनुसार चालू आर्थिक वर्षभित्र उपमहानगरपालिकाका–७ राजापुरदेखि तुलसीपुर–३ गोठीखोलासम्म पहिलो चरणमा निर्माण सम्पन्न गरिनेछ । भित्री चक्रपथका लागि आव २०७३÷७४ मा उपमहानगरले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । सोहीअनुरुप कामको शुरुआत गरिएको शहरी विकास तथा भवन कार्यालय घोराहीका इञ्जिनीयर नारायण वलीले जानकारी दिनुभयो ।

चालू आवमा चक्रपथको कालोपत्रे र अन्य विभिन्न संचरना निर्माणका लागि रु तीन करोड प्रदेश सरकारले विनियोजन गरेको थियो । राजपुरबाट आँखा अस्पताल हँुदै गोठीखोलासम्म यस वर्ष काम हुने छ । भित्री चक्रपथले तुलसीपुरका वडा नं ७, ६, ४, ३, ९ र १० लाई समेट्ने छ । चक्रपथ सात मिटर चौडाइको हुनेछ । भित्री चक्रपथमा पर्ने ५०० मिटर सठक गत आवमै कालोपत्रे भइसकेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । “चक्रपथको काम वहुवर्षीय योजनाअन्र्तगत भइरहेको छ”” उहाँले भन्नुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!