Tuesday, January 18, 2022
Home > समाचार > यीनै हुन डिएसपी ज्ञवाली : जसले उजुरी दिएको एक घण्टाभित्रै पक्राउ परे बलात्कारी ,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

यीनै हुन डिएसपी ज्ञवाली : जसले उजुरी दिएको एक घण्टाभित्रै पक्राउ परे बलात्कारी ,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

चितवन, माघ २६/ पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बिभत्स ढंगबाट बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गरेको छ ।

बालात्कृत बालिकाले आमालाई भनेलगत्तै प्रहरीमा जानकारी आएपछि चारैतिर सर्च अभियान चलाएर रत्ननगर प्रहरीले बालिक बलात्कार गर्ने बारा जिल्ला घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी( दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

डिएसपी ज्ञवालीका अनुसार अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका दुई युवाले बलात्कार गरेका थिए । ती दुई युवाले बालिकालाई पालैपालो विभत्स रुपमा बलत्कार गरी भागेका थिए ।

बलात्कारको सूचना पाएपछि डिएसपी ज्ञवालीले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै बलात्कारी युवाहरुलाई पक्राउ गराउनु भएको हो ।

“पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका हौँ,” डिएसपी ज्ञवालीले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार घटना शुक्रवार अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार बलात्कारी दुवै जना र पीडित बालिका एउटै घरमा भाडामा बस्दै आएका थिए । उनीहरुले नै बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको आमाले बताएकी हुन । पीडितकी आमाले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै पक्राउको तत्परता देखाएकोमा प्रहरीलाई धन्यवाद दिनुभयो ।

रत्ननगर टाँडी प्रहरीले पछिल्लो पटक हिँसा र अपराधक घटनाहरुलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । डिएसपी ज्ञवालीका अनुसार यो वर्षभित्र यस्ता बलात्कारका घटना संलग्न सातजनालाई कारबाही गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!