Friday, June 18, 2021
Home > समाचार > कार्यक्रममा मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष ढले

कार्यक्रममा मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष ढले

काठमाडौँ – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन्।शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएका हुन् ।

उनी तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा मन्तव्य राखेर आफ्नो आसनमा फर्किंदै गर्दा बेहोस भएर ढलेका हुन्। बेहोस भएर ढलेलगतै स्थानीय स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि त्यहाँबाट इलाम लगिएको छ । अध्यक्ष नेम्बाङ प्रेसरको बिरामी रहेको खुल्न आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!