Friday, June 18, 2021
Home > विचार > यी बस्तीहरु कुन पार्टीका सरकारले बनाएका हुन् महोदय?

यी बस्तीहरु कुन पार्टीका सरकारले बनाएका हुन् महोदय?

असफल यात्री मुस्कान । यो देशको जिम्मेवार नागरिक भएर सम्मानिय प्रधानमन्त्री ज्युलाई दबाब सहित खुल्ला पत्र लेखेर ब्यक्तिगत २० हजार सहयोग गर्छु भन्दै कलाकार कुमार कट्टेलले सुरु गरेको अभियान हो अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला । नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि लाखौं नेपालीहरुको एउटै आवाज बुलन्द भएको थियो नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्नु पर्छ भन्ने । के तपाइलाइ लाग्दैन एक क्रिकेट मैदान हाेस देशमा?

नमुना नेपाल बनाउने सपना बोकेर हिडिरहेका धुर्मुस सुन्तलीको ध्यान नेपाली क्रिकेट खेलाडी तिर गएपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनु पर्छ भन्ने सोच लिएर मैदानको खोजीमा देशको विभिन्न जिल्लामा रहेको खुल्ला ठाउँहरु अवलोकन गरेपछि । अन्ततः भरतपुर चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनको लागि लागि उपयुक्त जग्गा भेटिएपछि यो अभियान सुरु भएको थियो ।

सरकारको मात्र बाटो हेरेर बस्ने भए पहरे बस्ती, गीरानचौर बस्ती , मुसहर बस्ती , सन्तपुर बस्ती निर्माण हुने थिएन होला । छातीमा हातेर यो देशको नागरिक भएर सम्झिने हैन धुर्मुस सुन्तलीले हिजो गरेका ती संघर्षहरु। नाबालक छोरी छाडेर भुकम्प पिडितको लागि गिरान चौरमा गरेको दु:ख , पानिमा भिज्दै ढुङ्गा बोकेको तस्बिर फेसबुकमा सेयर गर्ने तपाईंहरु हामी हैन ? ,अनि आज कुन पार्टीको झोले हो धुर्मुस सुन्तली भन्ने पनि तपाईं ?

पहरे बस्ती, गिरानचौर , मुसहर बस्ती सन्तपुर बस्तीमा बसोबास गर्ने दिनदुखी हरुको आशुले सरकारलाई कहिले रुवायो ? सरकारले कहिल्यै गम्भीर भएर सोचेको थियो ? अनि सरकारले गर्नु पर्ने काम धुर्मुस सुन्तलीले गर्दैछ भनेर सामाजिक सञ्जालमा चिच्याउने तपाई कुन पार्टीको अन्धभक्त हो महोदय ?

भोलि तपाईंको छोराछोरी खेलाडी भएर राष्ट्रको एक सच्चा खेलाडी पारस खड्का सन्दिप लामिछाने जस्तो भएर देशको नाम बिश्वमा चिनाउने खेलाडी भएको हेर्न चाहनु हुन्न

देशको लागि यति ठूलो परियोजना सुरु गर्ने आदरनिय ब्यक्तित्व धुर्मुस सुन्तली प्रति हिजो ताली बजाउने तपाईं हामी हैन ! अनि आज देशलाई चिनाउन यति धेरै महत्त्वपूर्ण भुमिका निभाउने व्यक्तिलाई ठेकेदार भन्ने राजनीति पार्टीको खोल ओड्ने भनेर भन्न लाज लाग्दैन । सकिन्छ सहयोग गरौ सकिँदैन बिरोध गर्नेहरुको पछाडि नलागौ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!