Monday, June 14, 2021
Home > समाचार > तनहुँ : आफ्नै दिदीले भाइको हत्या गरी इनारमा फालिन – पुरा हेर्नुहोस

तनहुँ : आफ्नै दिदीले भाइको हत्या गरी इनारमा फालिन – पुरा हेर्नुहोस

तनहुँ । तनहुँको काउरेटारमा आफ्नै भाई २६ वर्षीय राजु विकको हत्या गरी लास ईनारमा हाल्ने दिदी सहित ३ जना पक्राउ परेका छन्।

तनहुँको भानु नगरपालिका वडा नं ९ काउरेटारमा भएको सो घटनाको २ महिनापछि मात्रै प्रहरीले घटनामा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको हो। गत मङ्सिर १२ गते राती कुटपिट गरी चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसेर इनारमा फालेको पुष्टी भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी २ स्थायी घर भई हाल भानु ९ काउरेटार बस्दै आएकी राजुकी दिदी २८ वर्षीया मन कुमारी विक, ३५ वर्षीया मन माया विक, हाल सोही स्थान बस्ने लमजुङ दोर्दी ३ लामागाउँका बर्ष २४ वर्षीय आयुष विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गत माघ २१ गरे सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!