Thursday, December 9, 2021
Home > समाचार > सर्वेन्द्र खनालले प्रहरी संगठनमा थाले यस्तो ठुलो अप्रेशन , ६ हजार प्रहरीलाई यस्तो !!

सर्वेन्द्र खनालले प्रहरी संगठनमा थाले यस्तो ठुलो अप्रेशन , ६ हजार प्रहरीलाई यस्तो !!

काठमाडौं, ११ बैशाख । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् ।महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो ।

तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याललाई चुनौती दिँदै महानिरीक्षक बढुवा भएका खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा एक हजार ६०० भन्दा बढीको बढुवा गर्न लागेको छ । नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

यो पनि पढ्नुहोस् :

मोदी भ्रमणको तयारीमा यसरी तात्यो जनकपुर

काठमाडौं, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।

भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ, उनले भने, जानकाी मन्दिर दर्शन गर्ने रुट, सम्बोधनका लागि तिरहुतिया गाछी रंगभुमि मैदान बाह्रविघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!