Tuesday, January 18, 2022
Home > समाचार > ४ बर्षीया बालिकामाथि बलात्कार गर्ने शिक्षकलाई फाँसी

४ बर्षीया बालिकामाथि बलात्कार गर्ने शिक्षकलाई फाँसी

नयाँ दिल्ली। भारतको मध्य प्रदेशमा एक शिक्षकलाई फाँसिको सजाय सुनाइएको छ । चार वर्षीया अबोध बालिकामाथि बलात्कार गरेका शिक्षकलाई निचली अदालतले फाँसीको फैसला सुनाएको हो।

ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागेका थिए। बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए । यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो।

उनलाई मार्च २ का दिन फाँसी दिइने निर्णय भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो घटना भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो ।

जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ ।

बालिका बलात्कारका घटना बढेपछि हालै अबोध बालिकामाथि बलात्कार गर्र्नेलाई फाँसिको सजाय दिने प्रावधान ल्याइएको थियो । यो कानुन अनुसार बालिका बलात्कारको मुद्धामा फाँसिको सजाय पाउँने उनी नै पहिलो व्यक्ति भएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!