Sunday, June 20, 2021
Home > समाज > दोहोरियो कञ्चनपुर निर्मला घटना: छिमेकीकोमा गएकि बालिकाको बलात्कारपछि हत्या

दोहोरियो कञ्चनपुर निर्मला घटना: छिमेकीकोमा गएकि बालिकाको बलात्कारपछि हत्या

माघ २०, बिराटनगर। – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा अपराधी प्रक्राउ पर्न सकेको छैन । यस्तैमा ठ्याक्कै निर्मला प्रकरण जस्तै बिराटनगरमा पनि बलात्कारको घटना घटेको छ । केही दिन अघि छिमेकीको घरमा टिभी हेर्न गएकी ११ वर्षीय बालिका रुपमती दासको शव निर्वस्त्र अवस्थामा गत आईतबार खोलामा फेला पारिएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले उनको सामूहिक बलात्कारपछि हत्या भएको खुलाएको छ ।

घटनाको चौतर्फी बिरोध भईरहेको बेला प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतो रहेका छन् । प्रहरीका अनुसार उनीहरु दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् नसाको हालतमा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।एक अनुसन्धान अधिकृतका अनुसार घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भएको थियो ।यता स्थानियहरुले अपराधीलाई चाडै प्रक्राउ गरी कारवाही गर्न माग गर्दे आन्दोलन गरिरहेका छन् । रुपमतीका बुवा रामप्रसाद ठेला चलाउँछन् भने आमा मुन्नीदेवी ज्यालामजदुरी गर्छिन । उता प्रक्राउ परेकाहरुले अपराध स्वीकार गरिसकेका छन् तर प्रहरीले प्रमाण भने जुटाउँन सकेको थिएन।कास्की । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विक (सुनार) को बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । सोमबारदेखि हराएकी १० वर्षीया श्रेया विक मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा उनको शव भेटिएको हो । श्रेयाको बलात्कारपछि हत्या भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि पत्ता लागेको हो ।यो सँगै जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यारालाई प्रकाउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।प्रहरीका अनुसार घटनापछि सुरुमा शंका लागेका जतिलाई पक्राउ गर्दा श्रेयाका छिमेकी २७ वर्षीय कुशुम पौडेलले घटना आफूले गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।यद्यपी जिल्ला प्रहरी कार्यालयले भने हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ । रक्सी र लागुपदार्थको नसामा रहेका पौडेलले बालिकालाई करणी गरेपछि थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!