Tuesday, January 18, 2022
Home > समाचार > वर्षाका कारण नेपाल र युएइको निर्णायक टि–२० मा अवरोध

वर्षाका कारण नेपाल र युएइको निर्णायक टि–२० मा अवरोध

काठमाडौं। नेपाल र युएइबीच जारी टि–२० सिरिजको आज हुने निर्णायक खेल वर्षाका कारण रोकिएको छ । आज नेपाली समयअनुसार अपरान्नह पौने ३ बजे सुरु हुनुपर्ने खेलमा मौसमको खराबीका कारण खेल सुरु हुने समय भइसक्दा समेत टस हुन सकेको छैन । मौसममा सुधार नभएमा आजको खेल रद्द हुनेछ र यो सिरिज १–१ को बराबरीमा टुंगिनेछ ।

अहिले दुबइमा हावाहुरीसहित वर्षा भएको छ । आज खेलका लागि केही समय बाँकी छँदै मौसममा सुधार भएमा भने डकवर्थ लुइस विधिबाट समेत खेल हुने सम्भावना छ । डकवर्थ लुइस विधिअनुसार दुवै टिमले कम्तीमा पनि ५ ओभर खेल्न पाउनुपर्छ । दुवै टिमले ५ ओभरसम्म खेल्न सक्ने समय बाँकी रहेमा यो विधिबाट खेल हुन सक्ने सम्भावना रहन्छ । दुवै टिमले कतीमा ५ ओभर पनि खेल्न नपाउने अवस्थामा भने खेल रद्द हुनेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!