Friday, June 18, 2021
Home > खेलकुद > अग्नि परिक्षासँगै इतिहास रच्ने अवसर ,आजको खेलको समय तथा पुरा जानकारी हेर्नुहोस

अग्नि परिक्षासँगै इतिहास रच्ने अवसर ,आजको खेलको समय तथा पुरा जानकारी हेर्नुहोस

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ देखि ओभल मैदान ग्राउन्डमा सुरु हुने छ ।

दवावको खेलमा नेपाललाई दोहोरो इतिहास रच्ने अवसर पनि छ । आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्नसके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्ने छ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ४ विकेटले विजयी हुँदै सिरीज १ – १ को बराबरीमा ल्याएको छ ।

यसअघि २–१ ले ओडीआई सिरीज गुमाएको यूएई पनि नेपालको कमजोर ब्याटिङको फाइदा उठाउँदै टि-२० सिरिज घरेलु भुमिमै राख्न चाहन्छ । शाइमन अनवर र सि.पि रिजवानको ब्याटिङ तथा मोहम्मद नाविद,आमिर हायतलगायत सिरीजमा उत्कृष्ट प्रर्दशन गरि रहेका खेलाडी र यूएईका मुख्य हतियार हुन् ।

यता उत्कृष्ट बलिङ गरि रहेको नेपालको ब्याटिङ भने निराशजनक छ । विशेषत ओपनिङ र शीर्षक्रमका ब्याट्सम्यान पुरै फ्लप जस्तै छन् । पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पक्ष्याउने क्रममा सन्दीप जोराले ५३ रन बनाउदा नेपाल १ सय ३२ रनमा सेमेटिएको थियो । दोस्रो खेलमा १ सय ८ रनको लक्ष्य पक्ष्याउने क्रममा अन्तिम ३ बल बाँकी रहँदा दिपेन्द्रको ४७ रनको सहयोगमा संघर्षपुर्ण जित निकाल्न सफल रह्यो ।

बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी, अभिनास बोहोरा राम्रो लयमा रहेका छन् । सुरुवाती दुई टि–२० खेलमा कप्तान पारस खड्का र प्रदीप ऐरीलाई ओपनिङ जोडीले पहिलो खेलमा कुनै रनको साझेदारी गर्न नसक्दा दोस्रो खेलमा १ रनको मात्र जोडे ।

आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन हुन सक्ने उच्च संभावना छ । पहिलो खेलमा पहिलो बलमै डक र दोस्रो खेलमा ८ रन मात्र जोडेका प्रदीप ऐरीको स्थान विनोद भण्डारीले लिन सक्ने प्रबल संभावना देखिन्छ । ओडीआई सिरिजमा ओपनिङ गरेका विनोद सुरुवाती दुई खेलमा बेन्चमा बसेका थिए । यो खेलसँगै नेपालले यूएई भ्रमण सकाउने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!