Tuesday, January 18, 2022
Home > समाचार > पूर्वयुवराज पारस शाहले हृदयघातलाई मात्र होइन, डाक्टरहरुको मन पनि जिते, विदाईमा भावुक बने डाक्टर – पुरा हेर्नुहोस

पूर्वयुवराज पारस शाहले हृदयघातलाई मात्र होइन, डाक्टरहरुको मन पनि जिते, विदाईमा भावुक बने डाक्टर – पुरा हेर्नुहोस

डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको सफल उपचार गरयो । उपचारपछि पारस डिस्चार्ज भइसकेका छन् । नर्भिक अस्पतालका डाक्टरहरुले नेपालका प्रभावशाली धेरै ब्यक्तिको उपचार गरेका छन् । तर पारसको उपचारपछि भने डाक्टरको टोली प्रभाववित मात्र नभई विदाई नै गर्न पुग्यो ।

पूर्वयुवराज पारस शाह तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचार गराए । उनी विरामी हुँदा बुवा ज्ञानेन्द्र र पत्नी हिमानी उपस्थित नभएपनि उनका समर्थकहरु दैनिक अस्पताल परिसरमा पुगे । राप्रपा नेताहरु बेडमै पुगेर स्वास्थ्य लाभको कामना गरे ।

पारस डिस्चार्ज हुँदा उनका उपचारमा संलग्न सवै डाक्टरहरुको टीमले सामुहिक तस्विर खिँचाउँदै फुल उपहार दियो । विरामी भएर अस्पताल पुगेका पारसले हृदयघातलाई मात्र जितेनन् डाक्टरहरुको मन पनि जिते । पारस विदाई हुँदा डाक्टरहरुको टोली भावुक बनेको थियो । एउटा विरामी ठिक भएर घर फर्किदा अधिकाँस डाक्टरहरु खुसी हुन्छन् तर पारस अस्पतालबाट फर्किदा डाक्टरहरुको टोली भाबुक बनेको थियो ।

डाक्टरहरुले भावकु हुँदै मुटु कमजोर भएका कारण स्वास्थ्यमा ध्यान दिन पासरसलाई आग्रह गरे । पारसले पनि केही डाक्टरहरुलाई अंगालो हालेर धन्यवाद दिए भने आफ्नो ध्यान राख्ने बचन दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!