Friday, June 18, 2021
Home > समाचार > मलेसियामा काम गर्ने नेपालीको गुनासो, भन्छन् ” पासपोर्ट हुँदा पनि पैसा माग्छन् पुलिसहरु, नदिए एकान्तमा लगेर लुटिदिन्छ” कृपया शेयर गरि सरकार सम्म पुगोस ।

मलेसियामा काम गर्ने नेपालीको गुनासो, भन्छन् ” पासपोर्ट हुँदा पनि पैसा माग्छन् पुलिसहरु, नदिए एकान्तमा लगेर लुटिदिन्छ” कृपया शेयर गरि सरकार सम्म पुगोस ।

क्वालालम्पुर, माघ १६
मलेसियाको रोजगारी खुल्न ढिलाइ भईरहँदा मलेसियामा कार्यरत नेपालीले भनें मलेसियाको रोजगारी भन्दा स्वदेशमा नै केहि काम गरेर बस्नु उचित हुने बताएका छन् । उनीहरुले मलेसियामा असुरक्षा देखि काम गरेको तलव नपाउने, बस्ने ठाउँ राम्रो नदिइने लगायतका समस्याका कारण स्वदेशमा नै काम गर्न सुझाव दिएका हुन् ।

विगत अढाई बर्षदेखि मलेसियाको पाहाङमा कार्यरत भीम उदासले आफूले सोचेको मलेसिया र यहाँको वास्तविकता बीच आकाश जमिनको फरक रहेको बताए । उनले मलेसियामा नेपाली माथि धेरै भेदभाव हुने गरेको भन्दैै कम्पनीले पनि राम्रो व्यवहार नगर्ने गरेको बताए । मलेसियामा समग्र विदेशी कामदारमाथि राम्रो व्यवहार नहुने गरेको भन्दै कहिले खुुल्ला र मलेसिया आउन पाइएला भनेर नपर्खिन आग्रह गरे । उनले आफू तीन बर्षे सम्झौता सकिएपछि नेपाल फर्किने र बाख्रा पाल्ने योजनामा रहेको बताए । उनले नेपालको कमाई बुझ्न विदेशको दुःखले सिकाएको भन्दै अव कहिल्यै नविदेशिने समेत धारणा राखे ।

मलेसियामा गतिलो कमाई हुन्छ भनेर नेपालमा एजेण्टलाई ठूलो रकम बुझाएर आउनेहरु यहाँ आइसकेपछि निक्कै चुकचुकाउने गरेका छन् । होम श्रेष्ठ मलेसियाको रोजगारी फाइदाजनक नभएको भन्दै यहाँ कमाएको आधा पैसा त एजेण्टलाई तिरेको उठाउँदैमा सकिने र बाँकी आधा कमाई कुनै ठूलो नहुने बताउँछन् । उनी मलेसिया आउनेले एक डेढ बर्षको खटाई सित्तैंमा जाने भन्दै धेरै पैसा खर्च गरेर आउनु अघि १० पटक सोच्न आग्रह गरे । उनले भने- बरु स्वदेशमा नै खनिखोेस्री गरिखाउ तर मलेसिया चैं नआउ ।

मलेसियामा ४ बर्ष देखि कार्यरत छविन तामाङ अव कहिल्यै नफर्किने गरी नेपाल फर्किने तयारीमा छन् । मलेसियामा काम गर्ने कामदार चरम शोषणमा पर्ने गरेको भन्दै काम गर्न आउजाउ गर्दा यातायातको सुविधा नहुनु, उचित पारिश्रमिक नपाउनु, बिरामी पर्दा कम्पनीले कुनै वास्ता नगर्नु र बस्ने ठाउँ पनि भेडाबाख्रा पाल्ने गोठ जस्तै हुनुु मलेसियामा काम गर्ने नेपालीले भोग्ने साझा समस्या भएको धारणा राख्छन् ।

मलेसियामा काम गर्ने विदेशी कामदारलाई सुरक्षाको पनि उत्तिकै समस्या रहेको छ । क्वालालम्पुरमा भेटिएका सर्लाहीका विवेक गौतम मलेसियामा झण्डै तीन बर्षदेखि कार्यरत छन् । उनी कमाउने सपना बोकेर मलेसिया नआए पनि हुने भन्दै ज्यान बचाएर घर फर्किन मुस्किल हुने बताउँछन् । एक पाइप उद्योगमा काम गर्ने उनी ज्यानको बाजि थापेर तामिलबाट ज्यान बचाउनु ठूलो कुरा भएको बताउछन् ।

उनको कुरामा पत्रकार सुदीप निउरे पनि सहमत छन् । मलेसियामा रोजगारी गरेर फर्केका चितवनका पत्रकार निउरे आफैं समेत एकपटक लुटपाटमा परे । होष्टलमा नै आएर प्रहरीले नै लुटेको बताउने निउरे आफूहरुले हालेको उजुरीको कुनै सुनुवाई नभएको अनुभव सुनाउँछन् । उनी भन्छन्, मलेसियामा चोरले मात्र होइन स्वयं प्रहरीले दिउसै लुट्छ, डेढ बर्ष अघि मेरो नेतृत्वमा रहेको होष्टलमा १६ जना नेपालीलाई एकैपटक लुटिएको थियो । उनी बिदेशी कामदारका लागि मलेसिया नर्क जस्तै बनेको भन्दै मानवियता शुन्य रहेको धारणा राख्छन् । यसअघि १० बर्ष शासन चलाएका रज्जाकको कार्यकालमा बिदेशी कामदारले अमानवियताको हद कतिसम्म तल हुनेक रहेछ भन्ने अनुभव गरेको उनको भनाई छ । त्यसैले नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको खुशीयाली मात्र मनाएर नपुग्ने भन्दै उनी मलेसयामा नेपाली कामदार पठाउन थाल्नु अघि त्यहाँ कामदारको मानवअधिकार हनन नहुने प्रत्याभूति हुनु र रज्जाकले बिकास गरेको आपराधिक गतिविधिको दलदल सुधार हुनु जरुरी देख्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!