Friday, June 18, 2021
Home > समाचार > अब बंगलादेश नेपाल बिमान मात्र होइन बस पनि चल्ने, ढाकाबाट गुडेका बस चार दिनमा धुलिखेल आइपुग्ने

अब बंगलादेश नेपाल बिमान मात्र होइन बस पनि चल्ने, ढाकाबाट गुडेका बस चार दिनमा धुलिखेल आइपुग्ने

काठमाडौं, १० बैशाख । अब केही समयमै नेपालबाट अब बस चढेर सीधै बंगलादेश पुग्न सकिने भएको छ । नेपालबाट भारत हुँदै बंगलादेशको राजधानी ढाकाका लागि सीधा बस सेवा शुरु हुँदैछ । यसै परीक्षण स्वरुप सोमबार तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर दुईवटा गाडी बंगलादेशको ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन)

यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो । चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।दक्षिण एशियाली मुलुकहरु बंगलादेश,भुटान,भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । यातायात मन्त्रालयका उपसचिवसहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार छन् ।

ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरतपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा सन्चालन हुनेछ ।

सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ । ढाकाबाट अघि बढेका बसले काठमाडौंसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!