Friday, June 18, 2021
Home > समाचार > भर्खरै आयो डा. गोबिन्द केसीको अत्यन्तै दुखद खबर

भर्खरै आयो डा. गोबिन्द केसीको अत्यन्तै दुखद खबर

काठमाडौं । २४ औं दिनमा अनशन तोडेका डा गोविन्द केसीलाई उपचारका लागि आइसियुमा भर्ना गरिएको छ।१६ औं अनशन तोड्नासाथ उहाँलाई उपचारका लागि आइसियुमा भर्ना गरिएको हो । डा केसीको स्वास्थ्य नाजुक बन्दै गएपनि सरकारले वास्ता नगरि दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसी अनशन तोड्ने निर्णयमा पुग्नुभएको हो ।

माग पुरा गराउन सरकार तयार नभएको तर आफ्नो अनशनले बिरामीलाई मर्का परेको भन्दै डा केसीले शुक्रबार साँझ अनशन तोड्नुभएको हो । अनशन तोडेपनि चिकित्सा शिक्षाको क्षेत्र सुधारका लागि आफ्नो लडाईं निरन्तर रहने उहाँको तर्फबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

२४ दिन पहिले उहाँले इलामबाट अनशन सुरु गर्नुभएको थियो । तर पछि स्वास्थ्यमा समस्या आएपछि रातारात काठमाडौं ल्याइएको थियो ।

तर डा केसीले अनशन जारी राख्दा पनि सरकारले त्यसलाई बेवास्ता गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत पेलेर चिकित्सा शिक्षा विधेयक संघीय संसदबाट पारित गरेको थियो । बिहिबार राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएपछि आफ्ना शुभेच्छुकको आग्रहमा डा केसी अनशन तोड्न तयार हुनुभएको हो ।

२४ दिन पहिले शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले संसदमा चिकित्सा शिक्षा विधेयक विधेयक पेश गरेपछि डा केसीले अनशन सुरु गर्नुभएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!