Monday, March 8, 2021
Home > समाचार > सिन्डिकेटवालाले काभ्रेमा बाटो छेकेर मयूर यातायातका चालकमाथि गरे कुटपिट

सिन्डिकेटवालाले काभ्रेमा बाटो छेकेर मयूर यातायातका चालकमाथि गरे कुटपिट

काठमाडौं, १० बैशाख । मयूर यातायातका चालकमाथि काभ्रेको साँगामा कुटपिट भएको छ। कुटपिटपछि चालक रामेश्वर सुनारको टाउकोमा चोट लागेको छ। उनलाई तत्कालै बनेपा अस्पतालमा उपचारपछि अहिले बिएण्डबी लगिएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।आइतबार साँझ करिब ६ बजे काठमाडौंबाट पनौतीतर्फ गइरहेको बा ५ ख १५४६ नम्बरको मयूर

यातायातलाई एक समूहले रोकेर चालकमाथि कुटपिट गरेका हुन्।विपरित दिशातिरबाट आइरहेको बा ५ ख २६३९ नम्बरको पनौती मिनिबस यातायातमा सवार पाँच जनाको समूहले सुनारलाई कुटपिट गरेको काभ्रेका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए।

प्रहरीका अनुसार मिनिबसका चालक सुमन श्रेष्ठसहितको टोलीले नै आक्रमण गरेको खुल्न आएको छ। श्रेष्ठसहित आक्रमण गर्नेहरु परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, बिजय थापा, तिर्थ पियालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाँचै जनालाई म्याद थप गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मयूरले त्यो रुटमा गाडी हालेको रिसिबीका कारण आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *