Friday, June 18, 2021
Home > समाचार > २० फोटोमा हेर्नुहोस् फोहरको थुप्रोमा भेटिएकी ती बालिका जसलाई मिथुनले छोरी बनाए

२० फोटोमा हेर्नुहोस् फोहरको थुप्रोमा भेटिएकी ती बालिका जसलाई मिथुनले छोरी बनाए

मुम्बइ। मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्तीको विषयमा हालै आश्चर्यजनक खुलासा भएको छ । दिशानी मिथुनकी धर्मपुत्री हुन् भन्ने धेरैलाई थाहा भएपनि उनलाई मिथुनले कसरी भेटेका थिए भन्ने अहिलेसम्म धेरैलाई थाहा थिएन । दिशानीलाई उनका वास्तविक मातापिताले फोहरको थुप्रोमा छोडेर गएको मिथुनले खुलासा गरेका छन् ।

जब मिथुनले फोहरको थुप्रोमा अनाथ बालिका भेटे त्यतिबेला उनले ती बालिकालाई छोरीको रुपमा सँगै राख्ने निर्णय लिएका थिए । मिथुनकी पत्नी योगिता वालीले पनि उनलाई साथ दिइन् । दुवैले ती बालिकालाई घरमा ल्याए । मिथुनको अभिभावकत्वमा कुनै कमी नभएको दिशानीको अहिलेको अवस्था हेरेर थाहा हुन्छ । दिशानी अहिले ठूली भइसकेकी छिन् र निकै स्टाइलिश देखिन्छिन् । दिशानी अहिले बलिउड डेब्यूको तयारीमा छिन् ।

 

 

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!