Friday, January 21, 2022
Home > अपराध > प्रेमीसँग मिलेर श्रीमानकै हत्या गर्ने यी कस्ती श्रीमति?

प्रेमीसँग मिलेर श्रीमानकै हत्या गर्ने यी कस्ती श्रीमति?

धनकुटा – तीन महिनाअघि हिलेमा सञ्चालित मिनी मेलामा इटहरी–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा २९ बर्षीय प्रिया चौधरी र उनका प्रेमी भनिएका सुनसरीको बराह क्षेत्र नपा–५ कालाबन्जरका ३१ बर्षीय सबिन राई रहेका छन् । उक्त घटनामा आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

चौधरी र राईवीच प्रेम सम्वन्ध भएपछि घटना भएको ५ महिना अघिदेखि योजना बनाएर चौधरीको हत्या भएको अनुसन्धानमा खुल्न आएको हो ।चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमानको हत्या गर्न राईलाई उक्साएको प्रहरीले जनाएको छ ।

चौधरीको दुई र सवारी चालक रहेका राईका एक सन्तान छन् । गत कात्तिक १६ गते हिलमा सञ्चालित मिनि मेलामा कर्मचारीको रुपमा कार्यरत ३८ बर्षका चौधरीको मेलाभित्र सुत्ने पालामा धारिलो हतियारले घाँटी, छाती र हातको औला समेतमा काटी मेलाभित्रै सकटे छेउमा मृत अवस्थामा फेला परेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!