Friday, June 18, 2021
Home > भिडियो > सबै रहस्य बमजनको जन्मघर पुग्दा खुल्यो,आमाले भनिन् ‘मेरो छोरो होईन् सबैको भगवान् हो’

सबै रहस्य बमजनको जन्मघर पुग्दा खुल्यो,आमाले भनिन् ‘मेरो छोरो होईन् सबैको भगवान् हो’

करिब नौ वर्षअघिको कुरा हो। सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोल बस्ने सुम्नी वोट चरूवा चराएर साँझ घर फर्केकी थिइन्। उनको परिवार ठूलो छ। श्रीमानले दुई जना विवाह गरेका छन्। दुवैतर्फ गरेर १० छोरा र ५ छोरी छन्। नाति-नातिना घरभरि। त्यो साँझ उनी गाईवस्तु लिएर फर्कंदा घर चकमन्न थियो।

सुम्नीको अनुहारमा थोरै रोष थियो। आमा रिसाएको देखेर छोरी रिता डराइनन्। आमालाई उल्टो सम्झाउँदै भनिन्, ‘आमा यही त हो नि बुद्ध। तिमीलाई थाहै छैन। कहाँ-कहाँको मान्छे उसको दर्शन गर्न आउँछ। हाम्रो घरमा त बुद्ध आफैं आएका छन्।’

सुम्नी छक्क परिन्। दुनियाँभर ‘बुद्ध’ भनेर प्रचार भइरहेका रामबहादुर बमजन आफ्नै घरमा आएर बसेको रहेछ।

सर्लाहीनजिकै बारा जिल्लाको गढीमाईमा मेला लाग्ने वर्ष थियो त्यो- २०६६ साल। गढीमाई मेलामा हजारौं पशुको बलि दिने प्रथा थियो। बमजनले घोषणा गरेका थिए, ‘म यसपालिदेखि नै बलिप्रथा रोक्छु।’

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!