Friday, March 5, 2021
Home > समाचार > धितो राखेको जग्गा बिक्रि गरिदिएपछि……!

धितो राखेको जग्गा बिक्रि गरिदिएपछि……!

बिराटचौक । श्रीमानलाई बिदेश पठाउन आफुसँग भएको ९ कठठा जग्गा धितो पास गरेर ऋण लिएकी मोरङको सुन्दरहरैचा नगरपालिका बेलेपुरकी पासोकुमारी खवास आफनो जग्गा आफुलाई थाहै नदिई धितो राखेको ब्यत्तिले नै बिक्रि गरिदिएपछि यतिबेला सुकुम्बासी बनेकी छिन ।स्थानीय ओमनारायण राजधामीसँग २०७३ भदौ २४ गते उनले श्रीमानलाई बैदेशिक रोजगारीमा पठाउनका लागी ४ लाख

लिएर धितोपास गराएकी थिईन । सो जग्गा २०७६ साल भदौ २७ गते फिर्ता लिने कागज गरिएको छ । तर बिभिन्न मितिमा राजधामीले सो जग्गा ३ जनालाई ३ कठ्ठाको दरले बिक्रि गरिसकेका छन । खवासले आफुले ४ लाख रुपैया मात्र लिएको भएपनि राजधामीले जालसाँजी गरी ४ लाख ३३ हजारको कागज बनाएर फसाएको समेत गुनासो गरेकी छिन ।

धितो फिर्ता गराउने मिति पनि नजिकिएको र केही रुपैया समेत संकलन गरिरहेको अबस्थामा जग्गा किन्नेहरुले खवास सँग गएर आफुले जग्गा किनिसकेको र सोही जग्गामा रहेको घर समेत खाली गरिदिन भन्दै दबाव दिन थालेपछि बुझदा खेरी आफनो जग्गा बिक्रि भईसकेको थाहा पाएको बताईन ।

उनका श्रीमान अहिले पनि बैदेशिक रोजगारीकै क्रममा रहेका छन । जग्गा बिक्रि भएको थाहा पाएपछि खवासले श्रीमानलाई सुनाईन,बिदा नमिलेका कारण उनी आउन् सकेनन् तर उनले राजधामीलाई यो बिषयमा बुझ्न पटक पटक सम्पर्क गर्दा उनी भागेर हिँडने गरेको उनले गुनासो सुनाईन ।

साविक हरैचा वडा नम्बर ३ को क कि.नं ६१२ रहेको सो जग्गा राजधामीले ३ जना फरक फरक ब्यत्तिलाई बिक्रि गरिसकेको पाईएको छ । यस बिषयमा बुझदा राजधामीले आफुले ब्यबहार सल्टाउनका लागी उनीहरुलाई धितो पास गरिदिएको र बैँकले होम लोन बन्द गरेपछि आफु समस्यामा परेको बताएका छन । उनले आफुले ब्यबहार सल्टाउने र जग्गा फिर्ता गरिदिने समेत बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *