Monday, March 8, 2021
Home > समाचार > भर्खरै दाङ बाट आयो दुखद खबर

भर्खरै दाङ बाट आयो दुखद खबर

दाङ । घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ ।तेस्रो तलाबाट

सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

वलीको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस :

मनाङको मौलिक तिर पर्व समापन

मनाङ । मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् ।
हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ मेथा ध्वाज्याङअर्थात् तिर पर्व मनाउने गर्दछन् ।

मेथा पर्व गाउँभरिका युवा, वृद्ध सबै एकै ठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय पाँच दिनसम्म मनाउने गर्दछन् । बुधबारबाट शुरु भएको तिर पर्व आइतबार सकिएको हो ।

गाउँको कृषि उत्पादनमा सहयोग पु¥याउने, राक्षस प्रवेश नगर्ने, झैझगडा नभई शान्ति फैलियोस् भन्दै सबै गाउँलेले एकापसमा माया, सद्भाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरिएको नासोङ गाउँपालिकाका प्रमुख चन्द्र घले बताउनुभयो ।

तिर हान्ने पर्वमा दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ । केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानीयले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तिर हान्ने र मार्ने गरेको प्रमुख घलेले बताउनुभयो । पहिले जसले राक्षसलाई अन्त्य गर्दछ उही व्यक्ति समुदायमा वर्ष पुरुष मान्ने गरिन्थ्यो । उहाँ भन्नुहुन्छ, “हिजोआज पुराना चलनलाई केही नयाँपन दिएर तिर पर्व मनाउन थालिएको छ ।”

स्थानीयले पर्वको खुसियालीमा मीठामीठा परिकार खाने, विजेतालाई पैसा उठाएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानीय विनोद गुरुङले बताउनुभयो । पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक वेषभूषासहित स्थानीय सहभागी हुने गर्दछन् । गुरुङ भन्नुहुन्छ, “वेषभूषासहित हातमा वाण लिएर तिर हान्दा निकै रमाइलो हुने गर्दछ ।

हिजोआज स्थानीयले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् ।

मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रालगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *