Thursday, June 17, 2021
Home > समाचार > बीर अस्पतालमै खटिएकि महिला सुरक्षा गार्डलाइ कुरूवाले किन यसरी पिटेछन्? जान्नुहाेस्

बीर अस्पतालमै खटिएकि महिला सुरक्षा गार्डलाइ कुरूवाले किन यसरी पिटेछन्? जान्नुहाेस्

काठमाडौं – अस्पतालको सुरक्षामा खटिएकी वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो। अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आफू माथि कुटपिट भएको निर्मलाले बताइन्। उनलाई मंगलबार सञ्जु लामा र उनीसँगै आएका एक पुरुषले कुटपिट गरेको अस्पतालले जनाएको छ।

कुटपिटका क्रममा कालिकोटेको कपाल उखेलिएको छ भने टाउकोको पछिल्लो भाग र अनुहारमा चोट लागेको छ। ‘आगन्तुक महिलाले एक्कासि ममाथि हात हालिन्। उनीसँग आएका पुरुषले छुट्टयाए जस्तो गरी पिटे,’ उनले भनिन्। अस्पतालका सुरक्षा गार्डले हातपात गर्ने दुवैलाई जनसेवा प्रहरीमा बुझाएका छन्। दोषीउपर कारबाहीको माग गर्दै पीडित कालिकोटेले जनसेवामा उजुरी दिएकी छिन्। घटना विवरणअनुसार हेटौंडा घर भई हाल काठमाडौं नयाँबजार बस्ने सञ्जु मंगलबार बिहान ९ बजे बिरामी भेट्न खोज्दै थिइन्।

अनुमतिपत्र बिना आएका उनलाई गार्ड कालिकोटेले रोकिन्। आफू रोकिनुपरेपछि तामाङले कालिकोटेलाई अपशब्द बोलिन्। हात हालिन्। हात हालेलगत्तै उनीसँगै आएका युवकले पनि हातपात गरे। ‘ती पुरुषले हात हालेको सिसी क्यामेरामा स्पष्ट देखिन्छ,’ उनले भनिन्।

घटनापछि दुवैलाई अस्पतालका सुरक्षा गार्डले नियन्त्रणमा लिई जनसेवा पुर्‍याइयो। जनसेवा प्रहरी न्युरोडका डिएसपी टेकुनन्द लिम्बुले दुवैलाई थुनामा राखी अभद्र व्यहवारअन्तर्गत सार्वजनिक मुद्दा प्रक्रिया अघि बढाइएको बताए। ‘उनीहरुबाट अभद्र व्यवहार भएकाले म्याद थप गरी कारबाही अघि बढाइएको छ,’ उनले भने।वीर अस्पतालका सुरक्षा गार्डमाथि कुटपिटका घटना भइरहन्छन्।

यसअघि पनि अस्पतालका एक सुरक्षा गार्ड कुरुवाबाट कुटिँदा उनको नाकको हड्डी भाँच्चिएको थियो। अस्पतालभित्र पस्ने क्रममा प्रायः विवाद र ठेलमठेल हुन गर्छ। नियमअनुसार बिहान ८ बजेभित्र र बेलुकी ३ बजेपछि मात्र बिरामी भेट्न पाइन्छ। अन्य समयमा बिरामी भेट्नको लागि भने कुरुवासित अस्पतालले दिएको अनुमति पत्र हुनुपर्छ।काठमाडाैँ । ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बनमा परेका छन् ।

यता पनि हेर्नुस्ः
आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषदले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेको हो ।ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो । अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो ।

यस्तै न्यायिक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो यसअघि, विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल पाँच न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदी परिषदमा तानिएका थिए

सुर्खेत । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालोमोसो दलेका छन् ।सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा आज कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे।मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुव्र्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिएसुर्खेत ।

जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालोमोसो दलेका छन् ।सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा आज कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे।मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुव्र्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिए

Leave a Reply

error: Please Dont Copy My Content!! !!