Thursday, June 17, 2021
Home > खेलकुद > नेपालकै राष्ट्रिय टोलीले क्रिकेट रङ्गशाला बनाउने धुर्मुस सुन्तलीलाइ खुशी हुदै दुबइबाटै यसो भने… (भिडियो)

नेपालकै राष्ट्रिय टोलीले क्रिकेट रङ्गशाला बनाउने धुर्मुस सुन्तलीलाइ खुशी हुदै दुबइबाटै यसो भने… (भिडियो)

काठमाडौं । अन्तत: धर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएकाे छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । रङ्गशाला निर्माण गर्न यसअघि धुर्मुससहित प्राविधिकको टाेलिले रङ्गशाला बनाउने स्थान खाेज्न लामाे समय खर्चिएका थिए ।

अन्तिम समयमा फाउन्डेशनलाइ चितवन स्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गामा रंगशाला बनाउन अनुमति दिएपछि निर्माण हुने पक्का भएकाे हाे ।

कृषि तथा वन विश्वविद्यालयले २० विगाह ८ कठ्ठा क्षेत्रफल उपलब्ध गराएको फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताउनुभयो । यो रङ्गशालाको नाम नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ भने यो लगभग ३ अर्बकाे लागतमा निर्माण सम्पन्न हुनेछ ।

रङ्गशालाको डीपीआर चार महिनामा बनिसक्ने उद्घोष गरिएको छ । रंगशालाको थ्रीडी डिजाइन भने तयार भईसकेको छ । सोचेअुसार नै काम भए २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछन ।

गएको वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमार्फत एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालमा क्रिकेट समर्थकहरुले सुविधासम्पन्न रंगशाला निर्माणको आवाश्यकता औल्याएका थिए । त्यसपछि धुर्मुस सुन्तलीले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!