Saturday, June 19, 2021
Home > समाचार > २१ वर्षकी धनाले सालको पात गाउँदा बिष्णु माझिको स्वर पनि फिक्का लाग्छ (भिडियो)

२१ वर्षकी धनाले सालको पात गाउँदा बिष्णु माझिको स्वर पनि फिक्का लाग्छ (भिडियो)

काठमाण्डौं, मानिसलाई गरी खाओस भनेर केहि न केहि कला भावीले हरेकलाई नै लेखेको हुन्छ भन्ने कथन जहाँसम्म सत्य छ । दैलेखकी धना परियार ३ वर्षकी हुँदा आगोले जलिन आफ्नो सानो भाई संगै आगोमा परेर सख्त घाइते धना आफुँ त बाचिन तर सपाङ उनको शरीर अपाङ भयो ।

छाउगोठमा जाडो सेक्न बालेको आगो हावाले उडाएर घर जलायो आफुँ एक्लै त भाग्न सक्थेँ सानो भाईलाई बचाउँछु भन्दा म पनि जले तर भाईलाई बचाए धना भन्छिन ।

हिजोआज सामाजिक सञ्जालहरुमा आफ्नो कला प्रस्तुत गरेर धेरैको जीवन बदलिएको छ । उदार भएको छ । त्यो कुरा राम्रो सँग बुझेपछि ठुला र धेरै मिडियाको पहुँचकेन्द्रिय राजधानीमा हुने भएको हुँदा २१ वर्षिया धनाले पनि काठमाण्डौंको बस चढिन ।

प्राय सबै प्रकारका गित गाउने धनाको स्वर लोक दोहोरीमा भने निकै जवर्जस्त छ । लोक दोहोरीकी क्विन बिष्णु माझी भन्दा निखार छ धनाको स्वरमा । बिष्णु माझिका गितबाट प्रभावित धनाले अधिकांस उनकै गित गाउँन पन पराउँछिन । अहिलेको सुपरहिट गित सालको पात टपरी त झन दुरुस्तै गाईन ।

आफ्नो परिवारको रोजीरोटीका लागी इन्डिया हिंडेका बुबाको मुहारमा गित गाएर खुसि भर्ने धनाको चाहना नेपाली श्रोताले न्याय गर्दिन्छन या गर्दैनन त्यो त हेर्न बाँकी नै छ । तर उनको स्वरमा जादु छ । उनै धनासँग गरिएको मिठो कुराकानी र उनको जादुमय स्वर यहाँ भिडियोमा हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!