Friday, January 21, 2022
Home > समाचार > आज शहिद दिवस, को कस्ले जिन्नुहुन्छ हाम्रा शहिदहरूलाइ? चिन्ने जतिले सम्मान स्वरूप शेयर गराैं

आज शहिद दिवस, को कस्ले जिन्नुहुन्छ हाम्रा शहिदहरूलाइ? चिन्ने जतिले सम्मान स्वरूप शेयर गराैं

काठमाडौँ । आज माघ १६ गते अर्थात शहीद दिवस, प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ भने १६ गते शहीद दिवसको रुपमा ज्ञात अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरी उनीहरुलाई सम्मान गर्ने गरिन्छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

२०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!