Sunday, June 20, 2021
Home > समाचार > देउवाले किन राजालाई भेटेर फर्किए, कतै राजतन्त्र फर्काउन गोप्य सहमति भएकै हो त?

देउवाले किन राजालाई भेटेर फर्किए, कतै राजतन्त्र फर्काउन गोप्य सहमति भएकै हो त?

काठमाडौं, माघ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी राजतन्त्र फर्काउन पार्टी एकतासहित कांग्रेससँग सहकार्य गर्न सहमत हुनुभएको छ । गत बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग लामो डिनर बैठकमा राणा र लोहनीले यस्तो सहमति जनाउनु भएको हो ।

अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु भन्ने पूर्वराजाको निर्देशनपछि दुवै अध्यक्ष (राणा र लोहनी) ले हुन्छ सरकार भन्दै बैठकबाट कांग्रेस सभापति देउवालाई भेटने समय लिनुभएको छ, देउवासँग राणाले मात्रै भेट गर्ने तय भएको छ।

निर्मल निवास स्रोतका अनुसार पर्वराजा ज्ञानेन्द्रले ‘अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु’ भन्ने निर्देशन दिएपछि राणा र लोहनीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य बार्ता गरी संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय सुनाउनु भएको हो ।

‘अव बेला आयो, दुवै जना एक भएर कांग्रेससँग सहकार्य गरी राजतन्त्र फर्काउन लाग्नु भन्ने पूर्वराजाको निर्देशनपछि दुवै अध्यक्ष (राणा र लोहनी) ले हुन्छ सरकार भन्दै बैठकबाट कांग्रेस सभापति देउवालाई भेटने समय लिनुभएको छ, देउवासँग राणाले मात्रै भेट गर्ने तय भएको छ,’ राप्रपाका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार देउवासँग भेटन पूर्वराजा ज्ञानेन्द्रले नै समय तोकिदिनु भएको हो ।

स्रोतका अनुसार डिनर बैठकमा यही माघ १७ गते राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा रास्ट्रबादीबीच पार्टी एकताको घोषणा गर्ने सहमतिसमेत भएको छ । कांग्रेसको आन्दोलनमा सहकार्य गर्दै राजतन्त्र फर्काउने तयारीअनुसार राणा र लोहनीले बिहीवार साँझ पूर्वराजा ज्ञानेन्द्रसँग डिनर बैठक गरेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए ।

सो बैठकमा कमल थापाको पार्टी राप्रपालाई एक्ल्याउने र तुरुन्तै दुई पार्टी मिलेर कांग्रेसको आन्दोलनमा घुस्दै राजतन्त्र फर्काउन बातावरण तयार पार्ने योजना राणा लोहनीले सुनाउनु भएको स्रोतको भनाई छ । दुवै नेताको योजनामा पूर्वराजाले राम्रो काम भन्दै आवश्यक सवै सहयोग गर्ने बताउनु भएको छ ।

स्रोतका अनुसार डिनर बैठकबाटै कांग्रेस सभापति देउवालाई फोन गरी भेटबार्ताको समय मिलाइएको थियो । जसअनुसार भोलि सोमवार बिहान ९ बजे राणाले देउवासँग भेटबार्ता गर्ने तय भएको छ । ‘पूर्वराजाको योजनाअनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सोमवार बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा गोप्य बैठक गर्दै हुनुहुन्छ,’ राप्रपा प्रजातान्त्रिकका एक नेताले जनताटाइम्ससँग भने ।

ती नेताका अनुसार ज्ञानेन्द्र, राणा र लोहनीबीचको डिनर बैठकले कमल थापासंग पार्टी एकता नगर्ने निर्णय गरेको छ । कमल थापाको पार्टीबाट सबै ब्यक्ति बाहिर ल्याएर तिमीहरुको पार्टी बलियो बनाइ दिन्छु भन्ने पूर्वराजा ज्ञानेन्द्रको प्रतिवद्धतापछि राणा र लोहनी निकै उत्साहित हुनुभएको पनि स्रोतले बतायो ।

पूर्वराजाको योजनाअनुसार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सोमवार बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा गोप्य बैठक गर्दै हुनुहुन्छ ।

राणा र लोहनी दुबै अध्यक्ष, केन्द्रीय समितीलगायत सबै तहका समितीहरुमा बराबर हिस्सा (५०/५०) प्रतिशत भागबण्डा गर्ने सहमति पनि भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार १७ गते अपरान्ह होटेल येलो प्यागोडामा पार्टी एकता कार्यक्रम गोप्यरुपमा तय गरिएको छ ।

देशको न्युजबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!