Thursday, June 17, 2021
Home > समाचार > सबैले नबचाऊँ..मार्देऊ भनेका थिए, हरिकाजी ढुँगानालाई ! हात खुट्टा गुमाउनुअघि यस्ता थिए (भिडियो हेर्नुस)

सबैले नबचाऊँ..मार्देऊ भनेका थिए, हरिकाजी ढुँगानालाई ! हात खुट्टा गुमाउनुअघि यस्ता थिए (भिडियो हेर्नुस)

काठमाडौं- अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको खोर । बर्खे झाडीले हावासँगै उढिरहेका अनगिन्ती झिंगा र भुसुनाहरुले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका छन् । धपाउन अब उनीसँग न त दुवै हात छन् न खुट्टा नै । बाँकी छ केवल शरिरको गिँड मात्र ! नेपाल विद्युत प्राधिकरणका कर्मचारी हरिकाजी ढुंगाना, कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछिको अवस्थामा ।

केही बर्ष पहिले सम्म यी नेर्पा ८ रामपुर–खोटाङ्गका हरिकाजी ढुंगाना गाऊँकै बलिया युवा थिए । हात खुट्टा छँदा गाँऊमा कोही विरामी परे बोकेर अस्पताल पुर्याउने देखि नयाँ घर बनाउनेका लागि सिंगो निदाल काँधमा हाल्ने उनै मात्र थिए । त्यही साहासिलो व्यक्तित्व भएकै कारण नेपाल विद्युत प्राधिकरण खोटाङ्गको वितरण शाखामा तार, तान्ने देखि पोल ठड्याउने मिलाउने प्राविधिकको जागिर पाएका थिए ।

करेन्ट लाग्नुभन्दा पहिले वैदेशिक रोजगारिका लागि मलेसिया गएका बेला लिइएको हरिकाजी ढुंगानाको तस्वीर सबै मानिसका लागि उज्यालो दिन बनेको विज्ञानको त्यो उत्सर्जन विद्युत हरिकाजीको जीवनका लागि भने अन्धकारमय बन्यो । अरुलाई उज्यालो दिन विजुलीको तार जोड्न पोलमा चढेका उनका करेन्ट लागेर दुबै हात, एउटा दाहिने खुट्टा गुमाउन पुगे । करेन्टले डढेर हात–खुट्टा पग्लिए पछिको प्लाष्टिकको डन्डि जस्तै देखिन्थ्यो । उनलाई बचाउन वि एण्ड वि अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जियन बसन्त माथेमासहितका डाक्टरहरुले दुबै हात, एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!