Friday, March 5, 2021
Home > समाचार > प्रमुख निर्वाचन आयुक्त यादवको घरमा भर्खरै बम बिस्फोट !

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा भर्खरै बम बिस्फोट !

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास आज साँझ बम बिस्फोट भएको छ ।ललितपुरको हात्तीवनस्थित यादवको निवासमा बम बिस्फोट भएको ललितपुरका एसएसपी गणेश ऐरले जानकारी दिए।सवा ८ बजेतिर बम विस्फोट भएको र यादवको घरको सिसाहरु फुटेको प्रहरीले जनाएको छ। ‘कसले र किन बम पड्काएको भन्नेबारेमा खुलेको छैन ‘एसएसपी एेरले भने।यस विषयमा अनुसन्धान भइरहेको उनले बताए।

यो पनि पद्नुहोस

सभागृहमा एमाले माओवादीका ६ घण्टा : ब्यानरको लफडादेखि घोचपेचपूर्ण भाषणसम्म (फोटो/भिडियो)

काठमाडौं– बैशाख ९ गते एमाले र माओवादी दुई कम्युनिष्ट पार्टीबीच एकता घोषणा हुने व्यापक हल्ला चलेपनि एउटा कार्यक्रम मात्र भयो । भएको कार्यक्रम पनि अब्यवस्थित हुँदा निर्धारित समयभन्दा ४ घण्टा पछि सर्यो । कार्यक्रम सुरु हुनुभन्दा पहिलेनै मञ्चमा राखिएको ब्यानरको विषयमा विवाद उत्पन्न भएपछि दुबै दलका प्रमुख नेता तथा कार्यकर्ताहरुले कार्यक्रमका लागि निकैबेर कुर्नुपर्याे ।

बिहान ११ बजेदेखि नै काठमाडौंको राष्ट्रिय सभागृहमा दुबै दलका नेता कार्यकर्ता आउन थाले । १२ बजेसम्म कार्यक्रम स्थलका सिट पूरै भरिएको थियो भने बाहिर राखिएको डिस्प्ले मोनिटर अगाडि पनि कार्यकर्ताको भीड बाक्लिँदै थियो ।

राष्ट्रिय सभागृहको मञ्चको भित्तामा एउटा ठूलो ब्यानर टाँसिएको थियो । ब्यानरको सिरानमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो थियो । फोटोभन्दा तल ठूलो अक्षरमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस लेखिएको थियो । ब्यानरमा बाँयातर्फ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दायाँतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो तस्विर राखिएको थियो । ब्यानरको पुछारमा आयोजकमा पार्टी एकता संयोजन समिति, नेकपा (एमाले) र नेकपा (माके) लेखिएको थियो ।

उक्त ब्यानरको सिरानमा एमालेका नेताको मात्र फोटो राखेको र माओवादी केन्द्रलाई अपमान गरेर माके लेखेको भन्दै वाइसिएलका कार्यकर्ता दिनेश थपलियाले मञ्चमा गएर विरोध गरे । उनले त्यो ब्यानर राखेर कार्यक्रम गर्न नदिने बताएपछि माओवादी कार्यकर्ताहरुले समर्थन गरेर होहल्ला गर्न थाले । उनीहरुले माओवादीको पक्षमा नारा समेत लगाए ।

बिरोध उत्पन्न भएपछि उक्त ब्यानर हटाइयो । यसरी ब्यानर हटाइएपछि नेकपा एमाले निटक बिद्यार्थी संगठन अनेरास्ववियूका महासचिव ऐनबहादर महरले ब्यानर हटाएकोमा बिरोध गरे । मञ्चमा गएर उनले बिना ब्यानर कार्यक्रम हुन नदिने बताएपछि एमालेका कार्यकर्ताहरुले हुटिङ गरे । त्यसपछि झन्डै ४ घण्टा रोकिएको कार्यक्रम माओवादी केन्द्रका कार्यकर्ताहरुले अर्को ब्यानर ल्याएपछि मात्र सुरु भयो ।

राष्ट्रियसभा गृहको बाहिरको खाली भागमा दर्शकका लागि डिस्प्ले मोनिटर राखिएको थियो । त्यहाँ उपस्थित सयौं कार्यकर्ताहरुलाई भाषण हेर्ने व्यवस्था मिलाइएको थियो ।

यस्तो छ राष्ट्रिय सभाको ६ घण्टा टाइमलाइनमा
११ बजे : माओवादी केन्द्रका कार्यकर्ताहरु राष्ट्रिय सभागृह प्रवेश गर्न शूरु
१२ः ४५ बजे: वाइसिएलका कार्यकर्ताबाट मञ्चमा राखिएको ब्यानरप्रति आपक्ति । मञ्चमा पुगेर उनले उक्त ब्यानरमा माओवादी केन्द्रलाई अपमान गरेर माके लेखेको र सिरानमा एमालेका स्वर्गीय नेताहरु मनमोहन अधिकारी,मदन भण्डारीको फोटो राखेको भन्दै बिरोध । कार्यकर्ताहरुबाट माओवादीको पक्षमा नारावाजी ।
१२ः५० बजे: उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन मञ्चमा गएर सम्झाँउने प्रयास गरे तर कार्यकर्ताले मानेनन् ।
१२ः ५६ बजे : मञ्चमा राखिएको ब्यानर निकालियो ।

१ बजे: एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूका नेता ऐन महरले ब्यानर झिकेकोमा बिरोध गरे । उनले मञ्चमा गएर बिना ब्यानर कार्यक्रम हुन नदिने बताए ।
१ः२५ बजे : मञ्चमा एमाले नेता कृष्णगोपाल श्रेष्ठ आइपुगे । पोडियममा गएर बोल्दै उनले भने–‘ठूलो पार्टी भएपछि एकछिन त रमाइलो हुन्छ । तर यस्ता कुराले पार्टी एकता भंग भयो भनेर कसैले काखी नबजाए हुन्छ । पार्टी एकता कसैले भाँड्न सक्दैन । अब दुई पाटी मिल्यो, मिल्यो, मिल्यो’
उनले यसो भनेपछि हलमा ताली र सिटीको गढगढावट भयो । उनले हलको बाल्कोनीमा रहेका कार्यकर्ताहरुलाई सुरक्षाको कारण देखाउँदै त्यहाँबाट बाहिर पठाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *