Wednesday, June 16, 2021
Home > भिडियो > रणभूमि बन्यो बिराटचोक… टिप्परले बालिका किचेर मारेपछि यसरी जलाइयो टिप्पर – भिडियोमै हेर्नुहाेस

रणभूमि बन्यो बिराटचोक… टिप्परले बालिका किचेर मारेपछि यसरी जलाइयो टिप्पर – भिडियोमै हेर्नुहाेस

मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिले सम्म ७ वटा ट्रिपर जलाएका छन । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए ।

चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेको ईलाका प्रहरी कार्यलय बेलबारीका सई महेन्द्र पराजुलीले बताएका छन । यसरी स्थानियहरूले लगातार ट्रिपर जलाउन थालेपछि सो क्षेत्रमा हँगामा मच्चिएकाे र स्थितिलाइ काबु राख्न प्रशासनले कर्फ्यू जारी गरेकाे समेत जनाइएकाे छ ।

हेर्नुस घटनास्थलकाे भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!