काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो । निरौलाले गत २९ चैतमा अवकाश पाएका हुन् ।यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी
मोहन थापाले पूर्व डीआईजी निरौलालाई पक्राउ गरी बानेश्वर प्रहरी वृत्तमा राखिएको पुष्टि गरे । त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको उनले बताए ।अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्त सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।