Friday, June 18, 2021
Home > समाचार > मृत्यु हुनुभन्दा पहिल्यै सशस्त्र प्रहरीका एसपी पोखरेलले यस्तो लेखेका थिए – पुरा हेर्नुहोस

मृत्यु हुनुभन्दा पहिल्यै सशस्त्र प्रहरीका एसपी पोखरेलले यस्तो लेखेका थिए – पुरा हेर्नुहोस

काठमाडौं। बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको गाडी शनिबार राति दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो । सिडिओ भट्टराईसहित सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित सहिद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना१झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

पोखरेलले लेखेका थिए, ‘कुमाल गाउँमा जन्मेर काठमाडौं आई असईमा जागिर खाएँ, २६ वर्षे जागिरे जीवनमा एसपी पनि भइयो, संगठनले पत्यारै होला गोरखा दक्षिणबाहु हुँदै जनसेवाश्री पनि पाइयो, सानो गाउँदेखि सुरु गरेको यात्रा युरोप हुँदै अफ्रिकासम्म छाइयो, अब त अन्तिम इच्छा के छ भनेर चित्रगुप्तले सोधेछन् भने भन्ने मन छ हजुर, अब स्वर्गको बास चाहियो ।’एसपी पोखरेल आफैले लेखेको यो फेसबुक स्टाटस चार महिना नपुग्दै आफै संग मिल्न गएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!