Friday, June 18, 2021
Home > समाज > पीडित बुद्धिमान र हरिकाजीका लागि भाग्य न्याैपानेले यस्तो गरे… अमेरिकाबाट शुरू भयो “Fundraisers on Facebook”

पीडित बुद्धिमान र हरिकाजीका लागि भाग्य न्याैपानेले यस्तो गरे… अमेरिकाबाट शुरू भयो “Fundraisers on Facebook”

इन्द्र आचार्य / अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको खोर । बर्खे झाडीले हावासँगै उढिरहेका अनगिन्ती झिंगा र भुसुनाहरुले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका छन् । धपाउन अब उनीसँग न त दुवै हात छन् न खुट्टा नै । बाँकी छ केवल शरिरको गिँड मात्र !

नेपाल विद्युत प्राधिकरणका कर्मचारी हरिकाजी ढुंगाना, कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछिको अवस्थामा| केही बर्ष पहिले सम्म यी नेर्पा ८ रामपुर–खोटाङ्गका हरिकाजी ढुंगाना गाऊँकै बलिया युवा थिए ।

हात खुट्टा छँदा गाँऊमा कोही विरामी परे बोकेर अस्पताल पुर्याउने देखि नयाँ घर बनाउनेका लागि सिंगो निदाल काँधमा हाल्ने उनै मात्र थिए । त्यही साहासिलो व्यक्तित्व भएकै कारण नेपाल विद्युत प्राधिकरण खोटाङ्गको वितरण शाखामा तार, तान्ने देखि पोल ठड्याउने मिलाउने प्राविधिकको जागिर पाएका थिए । मलाई सहयोग गर्न चाहानुहुन्छ भने मेरो नाममा रहेको बैक खातामा जम्मा गरेर वा मलाई सिँधै फोन गरेर सहयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि, बैक खाता, खातावाला :- हरिकाजी ढुंगाना, खाता नम्बर :- 112002197310 , बैक :- राष्ट्रिय बाणिज्य बैक ललितपुर, सम्पर्क फोन नम्बर :- ९८४२९७४९५२..

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!