Friday, June 18, 2021
Home > भिडियो > रुदै सहयोग माग्दै आएकी ९६ वर्षिय हजुरआमा अलपत्र….…यस्तो रहेछ बास्तबिकता ( भिडियो )

रुदै सहयोग माग्दै आएकी ९६ वर्षिय हजुरआमा अलपत्र….…यस्तो रहेछ बास्तबिकता ( भिडियो )

सिधा कुरा जनतासंगको यस अघिको क्रार्यक्रममा एक बुढी आमाले भिडियोकल गर्दै रबि लामिछानेलाई गुहारेकी थिइन। भैरहवा तिलोत्तमना नगरपालिका १ की ९६ वर्षिय ललितादेवि खनालले यस अघि भनेको अनुसार आफ्नै नातिनातिनाहरुले आँफुलाई झुक्काएर सम्पति लिएर आफुलाई अलपत्र पारेको बताएकी थिइन। आफुले शेष पछिको बकस दिन खोजेको तर आफुलाई झुक्याएर आँफु जिउँदै हुँदा सबै सम्पति लिएर आँफुलाई अलपत्र पारेको बताएकी थिइन् ।

यसै बिषयमा रबि ले पनि बेहाल भएको भए वृद्ध आमालाई आफुले जिबन भर पाल्ने घोषणा गरेका थिए। रविले सहयोगको घोषणा गरिरहदा सयौ मनकारी हरुले समेत सहयोग गर्न इच्छा राखेका थिए । सिधा कुरा जनताले यस बिषयमा गरेको खोजीले थप रहस्य पत्ता लागेको छ। आफ्नो शेखपछि नातिनातिनालाई सेवा गरे बापत बकस दिने भने कागज गराएको भएपनि नातिनातिनाले आँफु जिउँदै हुँदा नै झुक्काएर पास गराएको उनको आरोप छ ।

हाल ९६ वर्षमा चल्दै गरेकी खनालको जग्गा २०६३ सालमा नै नाति यमलाल खनाल,तुलबहादुर खनाल र नातिनि पवित्रा खनालको नाममा विभिन्न ठाँउको जग्गा सेवा गरे बापत सबै अंशियारलाई सम्पत्ती दिइ आफ्नो भागमा रहेको अंश रजिष्टेशन पास भएको छ । वृद्ध ललितादेवि खनालको नाममा रहेको शंकर नगर २ घ को कित्ता नं १२३३ मध्ये बाट यमलाल खनालको नाममा ७ कठ्ठा १० धुर, तुलबहादुर खनालको नाममा १४ कठ्ठा १४ धुर र नातिनी पवित्रा खनालको नाममा ८ कठ्ठा १ धुर जग्गा हालैको बकस पास भएको देखिन्छ ।

सामान्यतय शेष पछिको बकसपत्र सम्पत्ती धनिको निधन भैसकेपछि मात्रै बाँकी सम्पत्ती नामसारी हुने गर्छ । आफ्नो छोराहरुलाई अंश दिएर आँफुसँग बाँकी भएको सम्पत्ती नातिनातिनाको नाममा गएपनि अहिले आँफुलाई हेर्ने कोहि नभएको उनको गुनासो छ । अहिले औषधि उपचार गर्न, तिर्थ ब्रत गर्न पैसा आवश्यक परेपछि जग्गा बेच्न खोज्दा कुनै पनि जग्गा आफ्नो नाममा नभएको थाहा पाएको उनी बताउँछीन् ।

तर उनका नाति यमलाल खनाल र तुलबहादुर खनालले भने हजुरआमाले हालैको बकस दिएकाले जग्गा पास गरेको र हजुरआमालाई घरबाट ननिकाले दाबी गर्दै आएका छन् । साथै हजुरआमाको औषधि उपचार देखि सम्पुर्ण खर्च तिर्दै आएपनि हजुरआमा झगडा गरेर घरबाट निस्केको नातिनि पवित्रा खनालको भनाइ छ । वृद्ध खनालले यस अघि जग्गा विक्रि गरेर बिद्यालयलाई ५ लाख सहयोग गरेको समेत उनी बताउँछीन् ।

श्रोत : न्युज २४ नेपाल

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!