Sunday, June 20, 2021
Home > प्रवास > इराकबाट अर्की नेपाली चेलीको गुहार: रुदै भन्छिन – म बाँचेर नेपाल फर्किन चाहन्छु….

इराकबाट अर्की नेपाली चेलीको गुहार: रुदै भन्छिन – म बाँचेर नेपाल फर्किन चाहन्छु….

काठमाण्डौं । अवैध बाटो हुँदै रोजगारीको खोजीमा इराक पुगेका अधिकांश महिलाको समस्या एउटै हुन्छ । उनीहरुले नेपालमा एजेन्टलाई पैसा बुझाउँछन् तर विभिन्न तहका एजेन्टहरुले दुवई,कुवेत भन्दै झुक्याएर कुवेत पु¥याउँछन् र केहि बर्षका लागि मालिकसँग पैसा लिएर काम गर्न घर घरमा पु¥याउँछन् । महिलाले गर्ने कामको अग्रिम पैसा एजेन्टलाई बुझाइसकेको घर मालिकले श्रम शोषण देखि शारीरिक तथा मानिस शोषाण गर्ने गरेका गुनासा विभिन्न माध्यमबाट आइरहेका छन् ।

अहिले सोलु खुम्बुकी एक महिला यस्तै समस्यामा परेकाले उद्धारको आशा सहित भन्दै भिडियो पठाएकी छिन् ।

सोलुखुम्बु घर बताउने उनको नाम र अनुहार गोप्य राखिएको छ । उनलाई सोलुखुम्बुबाट मिकेन्द्र तामाङ नाम गरेका एजेन्टले ल्याएर अर्का एजेन्ट छिरिङ लामाको जिम्मा लगाएका थिए । र उनीहरुले विभिन्न देशका अन्य एजेन्टहरु प्रयोग गर्दै भारतको बाटो, श्रीलङका हुँदै इराक पु¥याएका थिए ।

९ महिना अघि कुर्घस्थान भनेर गएकी उनलाई इराकको हो भन्ने थाहा नभएका बताएका छिन् । एजेन्टेले अहिले उनलाई १३ हजार डलरमा घर मालिकलाई बेचेको खुलेको छ । अहिले उनी बिरामी भए पनि १८ देखि २२ घण्टासम्म काम गर्नु पर्ने, औषधि उपचार र परिवारसँग सम्पर्क गर्न नदिने भएकाले आँफु बाँचेर नेपाल फर्कीन चाहेकाले उद्धार गर्दीन अनुरोध गरेकी छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!