Thursday, June 17, 2021
Home > भिडियो > खुशीको खबर: भाग्य न्यौपानेले गरे हरिकाजि लाई यस्तो ठूलो सहयोग सबैले हेर्नुहोला शेयर गरौ

खुशीको खबर: भाग्य न्यौपानेले गरे हरिकाजि लाई यस्तो ठूलो सहयोग सबैले हेर्नुहोला शेयर गरौ

अर्काको घर उज्यालो बनाउदा ११ हजार भोल्टको करेन्टले हरिकाजिको पनि २ हात र खुट्टा खायो ।परिवारको बेहाल छ…बुबा ८३ वर्ष पुग्नुभएछ…आमा पनि भारी काम गर्न सक्नुहुन्न..करेन्टलागेर दुबै हात र एक खुट्टा गुमाएका खोटाङका हरिकाजीको यस्तो छ दर्दनाक अवस्था … हरिकाजीको अवस्था कृष्ण ओलिको भन्दा कम छैन!

कुरा गर्दा-गर्दै बुढा बा-आमालाई अलिकती सुख दिन चाहान्छु भन्दै भक्कानिए हरिकाजी…केही वर्ष अघि कतार गइ काम गरेेर फर्केका हरिकाजी आफ्नै गाउँठाउँमा बिद्धुत प्राधिकरणमा काम गर्न थालेका रहेछन् तर दैवको लेखा..९ महिना बित्दा नबित्दै यस्तो घटना घट्न पुगेछ…

रिपरि मान्छेको भिड त थियो रे तर बेलैमा उद्धार गर्ने कोही भएनछ… त्य तिबेला सडकको अवस्था पनि राम्रो रहेनछ,बीच सडकमै गाडी बिग्रेर उनलाई हस्पिटल पुर्याउन पनि ढिला भएछ..अस्पतालमा पनि सिकारु नर्स मात्रै भएकाले..त्यो गर्मी महिनामा जलेको हातमा पुरै ब्यान्डेजले बेरिदिँदा..

घाउ पाक्न पुगेछ…एउटा हात पनि जोगाउन सकिएनछ। अस्पताल पुगेपछि बेहोस भएका हरिकाजीको ४१ दिनमा होस आउँदा हात-खुट्टा पोको पारिएको भान भएछ…कराउन थालेछन् मेरा हात-खुट्टा खोलिदिनु भन्दै।। तर विडम्बना 😢😢त्यतिबेला सम्म उनका दुवै हात काटिइसकेका थिए,उनलाई त केवल बिजुलीको पोलमा झुन्डिरहदाँ हातका औँला मात्रै झरेको याद थियो 😭😭

…र अर्को कुरा, त्यसबेलामा उनकी श्रीमती दुइ-जीउकी रहिछन्, २४सै घण्टा हात -खुट्टा गुमाएका श्रीमानको ख्याल राख्नु पर्ने भएछ…. अहिले उनीहरुका २ सन्तान छन्,ठुली छोरी करिब ११ वर्षकी भने सानो छोरो करिब ५ वर्षको…

उनीहरुलाई पढाउन, हुर्काउन निकै गार्हो परिरहेको रहेछ…घरको मुल मान्छे, कमाउने मान्छेको नै यस्तो हालत भएछ… नियतिले नराम्ररी ठगेछ हरिकाजीलाई….श्रीमतीले म आफैलाई बेचेर भएपनि नानी बाबु लाई केही कुराको कमी हुन दिन्न भन्छिन्… उता बाबु -आमा भने…हामी त अब मर्ने बेला हुन लाग्यो हाम्रो चिन्ता छैन…यिनै नाति नातिनीको भविष्य के होला भन्दै हुनुहुन्छ।। हरिकाजी,उनकी श्रीमती र आमा-बुबा रुँदै यसो भन्छन् : एउटा मात्रै हात लगाउन पाए..

पकाएर दिएको खान सक्थेँ, तिर्खा लाग्दा पानी पिउन पाउँथे, पिसाब फेर्न सक्थे….त्यो घटना घटेको कालो दिनमा यस्तो भएको रहेछ!

भिडियो हेर्नुहोस्:

Leave a Reply

error: Please Dont Copy My Content!! !!